१८ लाख ऋण रहेका उखु किसानको हृदयघातबाट मृत्यु – Samacharpati Samacharpati १८ लाख ऋण रहेका उखु किसानको हृदयघातबाट मृत्यु – Samacharpati
Samacharpati
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • १८ लाख ऋण रहेका उखु किसानको हृदयघातबाट मृत्यु

१८ लाख ऋण रहेका उखु किसानको हृदयघातबाट मृत्यु

१८ लाख ऋण रहेका उखु किसानको हृदयघातबाट मृत्यु

काठमाण्डौ,१४ पुष । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ ।

सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए । उनलाइ मंगलबार विहान हृदयघात भएको थियो ।मृतक यादवलाई बैंकको १८ लाख रुपैयाँ ऋण रहेको चौधरीले बताए । पैसा नलिई आन्दोलन नत्याग्ने बताउँदै आएका यादव सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्ता र सहमतिमा सहभागी थिएनन् ।चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बसेर यादव काठमाडौंमा जारी आन्दोलनमा सहभागी थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका