गलकोट नगरको प्राथमिकतामा ३ पालिका जोड्ने सडक – Samacharpati Samacharpati गलकोट नगरको प्राथमिकतामा ३ पालिका जोड्ने सडक – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • गलकोट नगरको प्राथमिकतामा ३ पालिका जोड्ने सडक

गलकोट नगरको प्राथमिकतामा ३ पालिका जोड्ने सडक

गलकोट नगरकार्यपालिकाको ४३ औँ वैठक सम्पन्न

गलकोट नगरको प्राथमिकतामा ३ पालिका जोड्ने सडक

थम्मन थापा, बागलुङ । गलकोट नगरकार्यपालिकाको ४३ औँ वैठक सम्पन्न भएको छ । बैठकले आर्थिक वर्ष २०७८/०७९ मा संचालन हुने संघिय समपुरक र विशेष अनुदानको लागि आयोजना तथा कार्यक्रमहरु नगरपालिका भित्र बिस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएका सडक स्वास्थ्य चौकी, वडा कार्यालय तथा झोलुङ्गे पुलहरु स्वीकृत गरि पठाउने, सडक बोर्डबाट प्राप्त कार्यक्रम अन्तरगत मल्म, पाण्डवखानी, रणसिंहकिटेनी हुँदै ढोरपाटन मोटरबाटो छनोट गरि पठाउने निर्णय गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी “हेमन्त”ले जानकारी दिनुभयो ।

प्रवक्ता भण्डारीका अनुसार बैठकमा बिभिन्न बिद्येयकहरु संस्था दर्ता, कर्मचारी व्यवस्थापन, स्थानीय तथ्याङ्क संकलन सम्बन्धी बिद्येयक अध्ययनको लागी समय प्रदान गरिएकोले आगामी नगर सभामा पेश गर्ने निर्णय भएको छ । त्यस्तै बैठकले श्रोत परिचालन निर्देशिका २०७७, खानेपानी तथा साना सिचाई दर्ता नबिकरण र सूचिकृत गर्ने कार्य बिधी २०७७, मदिरा नियन्त्रण तथा नियमन गर्ने निर्देशिका २०७७, लैङ्गीक हिंसा निवारण कार्यबिधी २०७७ लाई समेत नगरसभामा पेश गर्ने गरि प्रस्ताव गरिएको छ । भवन निर्माण कार्यबिधी २०७७, भवन नियमित गर्ने कार्यबिधी २०७७, शहरी बिकास योजना तथा भवन निर्माण सम्वन्धी आधारभुत मापदण्ड २०७७ शंसोधन सहित पारित गरि लागु गर्ने निर्णय भएको प्रबक्ता भण्डारीले बताउनुभयो ।

नगरपालिकामा आयोजना बैंक स्थापना गर्ने, गलकोट नगरपालिकाको लागी बालमैत्री तथा प्रविधीमैत्री विद्यालय शिक्षाको कार्यक्रम संसोधन सहित लागु गरि नगर तथा वडाहरुमा बालमैत्री सम्पर्क ब्यक्ती चएन गरि कार्यन्वयन गर्ने निर्णय भएको हो । बैठकमा गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा मगर रोल्पा स्थित डाक्टर चन्द्र बहादुर घर्ति मगरसंग वैवाहिक जिवनमा बाधिनु भएकोमा उहाँको राजनैतिक तथा सफल दाम्पत्य जिवनको लागी शुभकामना प्रस्ताव समेत पारित गरेको छ ।

बैठकले गलकोट नगरपालिका वडा नम्वर ७ को जनहित माद्ययमिक बिद्यालयमा कक्षा ११ संचालनको लागी अनुमति दिने निणर्य गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले हाल सम्म गरेको खर्च समेत अनुमोदन गरिएको छ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८।०८९ मा संचालन हुने गरी साना कृषि उत्पादन केन्द्र पकेटहरु संचालन गर्न प्रस्ताव गरि परियोजना कार्यान्वयन इकाइ मार्फत परियोजना व्यवस्थापन गर्ने निर्णय भएको छ । जसअन्तर्गत गलकोट नगरपालिका वडा नम्वर १ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ वाख्रा, वडा नम्वर २ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ बंगुर, वडा नम्वर ३ मा कृषितर्फ सुन्तलाजात फलफुल र पशुपक्षीतर्फ भैसीं÷रागां, वडा नम्वर ४ मा कृषितर्फ किवि र पशुपक्षीतर्फ भैसी, वडा नम्वर ५ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ स्थानिय कुखुरा पकेट क्षेत्रको लागी पस्ताव गर्ने निर्णय भएको छ ।

त्यस्तै वडा नम्वर ६ मा कृषितर्फ धान र पशुपक्षीतर्फ बाख्रा, वडा नम्वर ७ मा कृषितर्फ गहुँ र पशुपक्षीतर्फ स्थानिय कुखुरा, वडा नम्वर ८ मा कृषितर्फ आलु र पशु पक्षीतर्फ भैसी, वडा नम्वर ९ मा कृषितर्फ मौरी र पशुपक्षीतर्फ भैसी, वडा नम्वर १० मा कृषितर्फ अदुवा वेसार र पशुपक्षीतर्फ भेडा, वडा नम्वर ११ मा कृषि तर्फ मौरी र पशुपक्षीतर्फ बंगुर पकेट क्षेत्रको लागी प्रस्ताव गर्ने निर्णय भएको हो ।बैठकले गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा भएको थियोे भने सहजीकरण सूचना अधिकारी तुल बहादुर बिकले गर्नु भएको थियो ।

Attachments area

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका