fbpx

पोखरा आएका पर्यटकलाई दु:ख हैरानी दिने ९ जना व्यक्ति पक्राउ

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । पोखरा आएका पर्यटकलाई आफ्नो होटलमा लैजान पिछा गरेर दुःख दिएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्ने ९ जनालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्ने भएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पोखरामा पर्यटकलाई दुःख दिएको आरोपमा पछिल्लो डेढ महिनामा १८ जनाभन्दा बढी पक्राउ परिसकेका छन् ।

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक, मुस्ताङ चोक स्थितमा सर्वसाधरण महिला तथा पुरुषहरु र अन्यत्र स्थानबाट आएका पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओरल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरु
तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानी समेत दिई अभद्र व्यवहार गर्ने निम्न स्थान बस्ने निम्न ९ जना व्यक्तिहरुलाई पक्राउ गरी निजहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ९ बसपार्क बस्ने वर्ष ४० को रुपेन्द्र श्रेष्ठ , वडा ९ बसपार्क बस्ने वर्ष ३२ को मोहन आचार्य ,वडा ९ नागढुङ्गा बस्ने वर्ष ४० को नारायण अधिकारी , वडा ९ नागढुङ्गा बस्ने वर्ष ४४ को श्याम प्रसाद शर्मा , वडा ९ बसपार्क बस्ने वर्ष २५ को विकास कुंवर , वडा ९ पृथ्वीचोक बस्ने वर्ष २१ को बिमल ठकुरी , वडा ९ पृथ्वीचोक बस्ने वर्ष २१ को विकास श्रेष्ठ ,पोखरा महानगरपालिका वडा १३ पाटनबेसी बस्ने वर्ष २८ को रन्जन खड्का पोखरा महानगरपालिका वडा १७ ड्यामसाईड बस्ने वर्ष १९ को सविन नेपाली रहेका छन् ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२४.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने