भूकम्पबाट क्षति भएको धरहराको २०औं तला पुनर्निर्माण सम्पन्‍न – Samacharpati
Samacharpati
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • भूकम्पबाट क्षति भएको धरहराको २०औं तला पुनर्निर्माण सम्पन्‍न

भूकम्पबाट क्षति भएको धरहराको २०औं तला पुनर्निर्माण सम्पन्‍न

भूकम्पबाट क्षति भएको धरहराको २०औं तला पुनर्निर्माण सम्पन्‍न

काठमाडौं, ९ पुष । धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २०औं तला पुनर्निर्माण सम्पन्‍न भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सीईओ० सुशिल ज्ञवालीले २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको बताउनुभयाे । धरहरा कूल २३ तलाको हुने छ । २० औं तलाबाट नै उपत्यका अवलोकन गर्न पाइने छ ।

ज्ञवालीका अनुसार धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रूत गतिमा भइरहेको छ ।

जमिन मुनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार भइरहेको छ । ४२ / २ रोपनी जग्गामा निर्माण भइरहेको धरहराको कूल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका