मिथिला डिपार्टमेन्टमा भीषण आगलागी करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट – Samacharpati Samacharpati मिथिला डिपार्टमेन्टमा भीषण आगलागी करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • मिथिला डिपार्टमेन्टमा भीषण आगलागी करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट

मिथिला डिपार्टमेन्टमा भीषण आगलागी करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट

मिथिला डिपार्टमेन्टमा भीषण आगलागी करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट

जनकपुरधाम, ९ पुस । जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ ।

बिहान करीब १०.३० बजे लागेको आगोले करोडौंँ मूल्य बराबरको सामान जलेर, नष्ट भएको बताइएको छ । नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको मद्दतले अढाइ घण्टापछि आगो नियन्त्रण आएको छ ।

धनुषा जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा आए पनि आगलागीका कारण खुल्न सकेको छैन ।

डिपार्टमेन्टका प्रबन्ध निर्देशक हरिकान्त मिश्रले आगलागीले रू पाँच करोड बराबरको सामान जलेर नष्ट भएको बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका