आज फेरी बढ्यो सुनको मुल्य ताेलामा कति पुग्याे त ! – Samacharpati Samacharpati आज फेरी बढ्यो सुनको मुल्य ताेलामा कति पुग्याे त ! – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • आज फेरी बढ्यो सुनको मुल्य ताेलामा कति पुग्याे त !

आज फेरी बढ्यो सुनको मुल्य ताेलामा कति पुग्याे त !

आज फेरी बढ्यो सुनको मुल्य ताेलामा कति पुग्याे त !

काठमाडौँ, ९ पुस । स्थानीय बजारमा  सुनको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला रु ९४ हजारमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो । चाँदी प्रतितोला रु एक हजार २८० मा कारोवार भएको छ ।

बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला रु १५ ले वृद्धि भएको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका