कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु – Samacharpati Samacharpati कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका(३) स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।

ना ३ ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।मृतकको सनाखत भैसकेको र तीनजना पुरुष रहेको प्रहरीले जनाएको छ । अन्य विवरणसमेत प्राप्त नभएको डीएसपी खाँणले बताए ।ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ । कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटनामा परेको हो ।घटनास्थल गैंडाकोटस्थित पूर्व(पश्चिम राजमार्गदेखि करिब ३५ किलोमिटरको दुरीमा पर्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका