नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने – Samacharpati Samacharpati नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने

काठमाडौँ, ८ पुष । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक आज पुनः बस्ने भएको छ ।

मंगलबारदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराउनुभएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, डा नारायण खड्का र एनपी साउदले आआफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक बुधबार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने उहाँले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका