घट्याे सुनको मूल्य कति पुग्याे त ताेलाकाे ? – Samacharpati Samacharpati घट्याे सुनको मूल्य कति पुग्याे त ताेलाकाे ? – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • घट्याे सुनको मूल्य कति पुग्याे त ताेलाकाे ?

घट्याे सुनको मूल्य कति पुग्याे त ताेलाकाे ?

घट्याे सुनको मूल्य कति पुग्याे त ताेलाकाे ?

काठमाडौँ, ७ पुस ।  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन प्रतितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो । यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३२० मा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३१५ मा कारोवार हुने गरी तोकिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका