पाेखरा, ५ पुष । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १३९३६ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा २८ जना काेराेना संक्रमित थपिएका छन ।
थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका ६ जना, लमजुङ राइनासका ५ जना, म्याग्दी बेनि, अन्नपूर्णका ५ जना, नवलपरासी पूर्व देवचुलीका २ जना, पर्वत जलजला, पैयूका ३ जना, स्याङजा वालिङका ५ जना, तनहुँ व्यास, आबुखैरेनीका २ जना गरि २८ जना रहेका छन् ।
संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् । संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।