मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर ओलीद्वारा संसद विघटन गर्न सिफारिस – Samacharpati
Samacharpati
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर ओलीद्वारा संसद विघटन गर्न सिफारिस

मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर ओलीद्वारा संसद विघटन गर्न सिफारिस

मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर ओलीद्वारा  संसद विघटन गर्न सिफारिस

काठमाडौं, ५ पुस ।  आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले विहान ९ ४५ बजे मन्त्रीहरुलाई आकस्मिक बैठकमा उपस्थित हुन भन्नुभएकाे थियाे । सो बैठकमा उहाँले ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याउनुभएकाे हाे ।

विगतमा २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएता पनि वर्तमान संविधानले बहुमत प्राप्त दलको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छैन ।

कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा मिलिजुली सुरका गठन हुन नसकेमा वा कुनै पनि प्रधानमान्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको अवस्थामा मात्र संसद विघटन गर्न पाइने संविधानको धारा ७६ ९७० मा प्रावधान छ ।

तर, प्रधानमन्त्री ओलीले संविधानमै व्यवस्था नभएको स्वेच्छाचारी अधिकार प्रयोग गरेर संसद विघटन गर्ने प्रधानमन्त्रीको यो कदमको पार्टीभित्र र बाहिरबाट चौतर्फी विरोध सुरु भएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका