fbpx

जबरजस्ती करणी गरेको अभियोगमा विभिन्न ठाँउबाट ४ जना पक्राउ

author

समाचारपाटी

३ महिना अगाडि

बर्दिया । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामकिसुन थारूलाई प्रहरीले पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय थारूले सोही नगरपालिका-११ बिजयनगरस्थित कपास विकास फारममा गत १४ गते ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले थारूलाई शनिबार दिउँसो पक्राउ गरेको हो।

यसैगरी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-४ कैलाशनगर बस्ने ६७ वर्षीय पंम बहादुर रानाभाटलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। रानाभाटले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले रानाभाटलाई पक्राउ गरेको हो।

यसैगरी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-६ महुवा बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। ती किशोरले ललाई फकाई बाँके नेपालगंज उपमहानगरपालिका-१ बेलासपुरस्थित दाजु नाता पर्ने व्यक्तिको कोठामा लगेर माघ ४ देखि १४ गतेसम्म जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिपुर नगरपालिका -७ चितायन बस्ने ४८ वर्षीय सिकिन्द्र चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन