लमजुङ, ३ पुष । जिल्ला लमजुङ सुन्दरबजार नगरपालिका-७ पाउदी स्थित डुम्रेबाट बेशिसहरतर्फ आउँदै गरेको बा २ ख ३०९० नम्बरको बसमा चढि बेशिसहर आउने क्रममा बसको ढोकाबाट खस्दा लमजुङकी एक महिला घाईते हुनुभएकाे छ ।
घाईते महिला लमजुङ राईनास नगरपालिका ८ हर्राबोट बस्ने वर्ष ५५ को कल्पना श्रेष्ठ रहनुभएकाे छ । उहाँलाई
उपचारको लागि पुरानो मेडिकल कलेज चितवन तर्फ पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई बस चालक लाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।