सिरहामा चिसोकाे कारण एक साताको अवधिमा चार जनाको मृत्यु – Samacharpati Samacharpati सिरहामा चिसोकाे कारण एक साताको अवधिमा चार जनाको मृत्यु – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • सिरहामा चिसोकाे कारण एक साताको अवधिमा चार जनाको मृत्यु

सिरहामा चिसोकाे कारण एक साताको अवधिमा चार जनाको मृत्यु

सिरहामा चिसोकाे कारण एक साताको अवधिमा चार जनाको मृत्यु

लहान, ३ पुस । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ ।

चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताउनुभयो ।

सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका