मालपोत कार्यालय पर्वतमा कार्यालयभित्र पसी सेवाग्राहीले गरे तोडफोड – Samacharpati Samacharpati मालपोत कार्यालय पर्वतमा कार्यालयभित्र पसी सेवाग्राहीले गरे तोडफोड – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • मालपोत कार्यालय पर्वतमा कार्यालयभित्र पसी सेवाग्राहीले गरे तोडफोड

मालपोत कार्यालय पर्वतमा कार्यालयभित्र पसी सेवाग्राहीले गरे तोडफोड

मालपोत कार्यालय पर्वतमा कार्यालयभित्र पसी सेवाग्राहीले गरे तोडफोड

पर्वत, ३ पुष । मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् ।

कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि दाेषीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

मालपोत कार्यालयमा काम भइरहेका बेला जग्गा राजीनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिनुभयो ।

कार्यालयभित्र हुने काम भइरहेका बेला आवेगमा आएका खत्रीले कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत महत्वपूर्ण कागजातमा क्षति पुर्याएको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका