लमजुङमा एक महिला मृत अवस्थामा फेला – Samacharpati Samacharpati लमजुङमा एक महिला मृत अवस्थामा फेला – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • लमजुङमा एक महिला मृत अवस्थामा फेला

लमजुङमा एक महिला मृत अवस्थामा फेला

लमजुङमा एक महिला मृत अवस्थामा फेला

लमजुङ, १ पुष । लमजुङ सुन्दरबजार नगरपालिका ४ चारघरेस्थितमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। मृत अवस्थामा शव भेटिएकाे खबर प्रहरीलाइ  प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली गएर हेर्दा ति महिलाकाे शव आफ्नै घरदेखि नजिक रहेको गोबर ग्याँसको सेफ्टी ट्याङकी भित्र फेला परेको हाे ।

फेला परेकाे शव  वर्ष २६ की धनमाया मगरको रहेकाे छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

लमजुङ दोर्दी गाउँपालिका ७ बस्ने वर्ष अन्दाजी वर्ष ४५ को नन्दु माया तामाङ  ६ थुमसरास्थित गाईनेडाडा जंगलमा दाउरा खोज्न जाने क्रममा उक्त डाँडाबाट अन्दाजी १०० मिटर तल खस्दा  घाइते भएकी छन् ।

उनलाइ  उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेशीसहर लमजुङ पठाइएको छ । अवस्था सिरियस रहेकाे छ । घटनाको विषयमा जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका