पाेखरा न्यूरोडबाट लागूऔषध सहित ३० वर्षिय व्यक्ति पक्राउ – Samacharpati Samacharpati पाेखरा न्यूरोडबाट लागूऔषध सहित ३० वर्षिय व्यक्ति पक्राउ – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • पाेखरा न्यूरोडबाट लागूऔषध सहित ३० वर्षिय व्यक्ति पक्राउ

पाेखरा न्यूरोडबाट लागूऔषध सहित ३० वर्षिय व्यक्ति पक्राउ

पाेखरा न्यूरोडबाट लागूऔषध सहित ३० वर्षिय व्यक्ति पक्राउ

पाेखरा, १ पाैष । कास्की पोखरा महानगरपालिका वडा नं ८  न्यूरोडबाट घरमा लुकाई छिपाई राखेकाे अवस्थामा लागूऔषध फेला परेका छ ।

प्रहरी कार्यालय कास्की लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं ८ न्यूरोडमा बस्ने  ३० वर्षिय अशोक वाचे मगरको कोठाबाट लुकाई राखेको डाईजापाम  १०० एम्पुल, फेनेरागन १०० एम्पुल, ब्रुफिनर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागुऔषध र मोवाईल  १ थान  फेला पारेकाे हाे ।

जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं ८ स्थायी घर भएका अशोक वाचे मगर कास्की पोखरा महानगरपालिका वडा नं ८ न्यूरोड बस्दैँ आएका थिए । मगरलाई प्रहरीले  नियन्त्रणमा लिएकाे छ  थप अनुसन्धान कार्य अगाडि बढाएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका