काठमाडौं ३० मंसिर । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किसानको माग पुरा गरेर समाजवादको लाज छोपौं भन्दै पत्रमा लेखिएकाे छ । पार्टी अध्यक्ष नेता रविन्द्र मिश्रले यसको जानकारी ट्वीटर मार्फत गराउनुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ , प्रधानमन्त्रीज्यु, देश परिवर्तन गर्न मत मात्र भएर पुग्दैन मन र मुटु पनि चाहिन्छ ।
काठमाडौंमा भइरहेको उखु किसानहरुको आन्दोलनबारे तपाई पक्नै जानकार हुनुपर्ने यो चिसोमा किसानहरुले पटकपपटक आन्दोलन गर्नुपर्ने अवस्था किन ? तत्काल उनीहरुको माग पुरा गर्न सरकारलाई केले रोक्छ ? यो त अति भयो ।
विवेकशील साझा पार्टीले आफुहरु उखु किसानको आन्दोलनमा सहभागी भई उनीहरुको लागि आन्दोलन गर्न तयार भएको भन्दै माइतिघर सम्म पुग्नुभयाे ।