पाेखराबाट लागूऔषध सहित ३५ वर्षिय तामाङ पक्राउ – Samacharpati Samacharpati पाेखराबाट लागूऔषध सहित ३५ वर्षिय तामाङ पक्राउ – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • पाेखराबाट लागूऔषध सहित ३५ वर्षिय तामाङ पक्राउ

पाेखराबाट लागूऔषध सहित ३५ वर्षिय तामाङ पक्राउ

पाेखराबाट लागूऔषध सहित ३५ वर्षिय तामाङ पक्राउ

पाेखरा, ३० मङसिर । पाेखरामा लागूऔषध सहित एक व्यक्ति पक्राउ परेका छन् । मङसिर २८ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित  ३५ वर्षिय मिन बहादुर तामाङ लाई पक्राउ गरेकाे हाे ।

कास्की माछापुच्छ्रे गाउँपालिका  वडा नं १ भुर्जुङखोला घर भएका मिन बहादुर पोखरा महानगरपालिका वडा नं १९ लामाचौर बस्दै आएका थिए ।

मिन बहादुर तामाङको साथबाट लागूऔषध डाईजापाम ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनेरागन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल फेला पारेकाे हाे ।

लागूऔषध सहित फेला परेका तामाङलाई प्रहरीले थप अनुसन्धान प्रकृया अगाडी बढाएकाे छ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका