कास्कीमा काँग्रेसको प्रदर्शनको तयारी पूरा – Samacharpati
Samacharpati
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • कास्कीमा काँग्रेसको प्रदर्शनको तयारी पूरा

कास्कीमा काँग्रेसको प्रदर्शनको तयारी पूरा

कास्कीमा काँग्रेसको प्रदर्शनको तयारी पूरा

पोखरा, २८ मंसिर । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनको तयारी पूरा भएको छ । वडा तह देखि नै प्रदर्शन केन्द्रीत भएर तयारी गरिएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आवहान गरेका छन् ।

पार्टीको मङसिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत पोखरामा वीपी चोकबाट प्रदर्शन शुरु हुने कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभएकाे छ ।

प्रदर्शन महेन्द्रपुल हुँदै पृथ्वीचोकमा पुगेर विरोध सभामा परीणत हुने छ । कास्की काँग्रेसले प्रदर्शनका सहभागीलाई अनिवार्य मास्क लगाउन, बेला बेलामा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

विरोध सभालाई नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम छ । काँग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दै छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका