''नेतृत्व गर्ने व्यक्ति भ्रष्ट भएसम्म संसारको कुनै पनि वादले काम गर्दैन'' : रविन्द्र मिश्र – Samacharpati Samacharpati ''नेतृत्व गर्ने व्यक्ति भ्रष्ट भएसम्म संसारको कुनै पनि वादले काम गर्दैन'' : रविन्द्र मिश्र – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन २४, २०७७

हालको खबर

  • होमपेज
  • ”नेतृत्व गर्ने व्यक्ति भ्रष्ट भएसम्म संसारको कुनै पनि वादले काम गर्दैन” : रविन्द्र मिश्र

”नेतृत्व गर्ने व्यक्ति भ्रष्ट भएसम्म संसारको कुनै पनि वादले काम गर्दैन” : रविन्द्र मिश्र

”नेतृत्व गर्ने व्यक्ति भ्रष्ट भएसम्म संसारको कुनै पनि वादले काम गर्दैन” : रविन्द्र मिश्र

काठमाडौं, २६ मङसिर  । भर्खरै दुई पार्टीको एकता भएर बनेको नयाँ विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले गणतन्त्रको सबभन्दा ठुलो शत्रु भनेको भ्रष्ट, असक्षम र आडम्बरी गणतन्त्रवादीहरु भएको स्पष्ट पार्नुभएकाे छ ।

नेता मिश्रले साझा पार्टी र विवेकशील नेपाली दलको पार्टी एकताको घोषणा कार्यक्रममा यस्तो बताउनुभएकाे हाे । उहाँले आज आफुले व्यक्त गरेका कुराको भिडियो समेत सार्वजनिक गर्नुभएकाे छ ।

उहाँले उक्त भिडियोमा भन्नुभएकाे छ । , नेतृत्व गर्ने व्यक्ति भ्रष्ट भएसम्म संसारको कुनै पनि वादले काम गर्दैन । त्यो हामी सबैले महशुस गर्नुपर्छ ।

गणतन्त्रको सबभन्दा ठुलो शत्रु भनेको भ्रष्ट , अशक्षम र आडम्बरी गणतन्त्रवादीहरु हुन्, जो हरेक भाषणमा भ्रष्टचार विरुद्धको भाषण गर्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गर्ने अपराधी हो भनिरहँदा आफु नै अपराधी अपराधी बिचमा घेरिनु भएको छ अब यो अवस्थालाई परिर्वतन गर्ने हो भने सुसान , समृद्धि र स्वाभिमान बनाउने दललाई जनताले रोज्नै पर्छ ।

अन्यथा पञ्चायतको ३० वर्ष एक आपसमा दोष दिएरै बित्यो त्यसपछिको बाँकी ३० वर्ष पनि पार्टी पार्टी बिच दोष लगाएरै बित्यो ।

अब पनि सक्षम, दुर दृष्टिकोण र इमान्दार व्यक्तित्व सत्तामा नलाने हो भने अर्को ३० वर्ष पनि हामी यत्तिकै बित्छ । एउटा स्पष्ट कुरा केहो भने यो देशको व्यवस्था परिर्वतन हुन्छ तर अवस्था परिर्वतन हुँदैन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका