लागूऔषध मुद्धामा फरार रहेका बाग्लुङका युवक आज पर्वतबाट पक्राउ – Samacharpati
Samacharpati
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • लागूऔषध मुद्धामा फरार रहेका बाग्लुङका युवक आज पर्वतबाट पक्राउ

लागूऔषध मुद्धामा फरार रहेका बाग्लुङका युवक आज पर्वतबाट पक्राउ

लागूऔषध मुद्धामा फरार रहेका बाग्लुङका युवक आज पर्वतबाट पक्राउ

पाेखरा, १९ मङसिर । लागूऔषध मुद्धामा फरार रहेका जिल्ला बाग्लुङ ढोरपाटन घर भएका २४ वर्षका गोकुल गुरुङ पर्वत कुश्मा नगरपालिकाबाट आज पक्राउ परेका छन् ।

कास्की जिल्ला अदालतले लागूऔषध मुद्धामा २०७५ साल ३ महिना २७ गतेकाे फैसलाले दाेषीलाई दुई बर्ष कैद सजाय र रु (१,००,०००) एक लाख जरिवाना तोकेकाे थियाे ।

दाेषी युवक त्यस समय देखि अहिले सम्म फरार रहेका थिए । उनि पर्वत कुश्मा नगरपालिका वडा नं १ मा डेरा गरी बस्दै आएकाे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएकाे प्रहरी टाेलीले दाेषीलाई पक्राउ गरेकाे हाे ।

पक्राउ गरेका गुरुङलाई प्रहरीले कास्की जिल्ला अदालतमा पेश गरेकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका