काठमाडौं १९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे पदाधिकारी बैंठक डाक्नुभएकाे हाे । सभापति देउवाले बुढालिनकण्ठस्थित आफ्नै निवासमा पदाधिकारी बैंठक डाक्नुभएकाे हाे ।
आज बस्ने पदाधिकारीहरको बैंठकमा देशको वर्तमान राजनीति अवस्था र नेता पौडेल माथि भएको व्यवहारले आन्दोलन सम्म गर्न सक्ने विषयमा छलफल हुने बुझिएको छ ।
सुतिरहेको कांग्रेसलाई ब्युँझाएर प्रम ओलीले राम्रो काम गरेन भन्दै कांग्रेस नेताहरु आन्दोलन गर्ने समेत तयारी गरिरहेका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललार्ई तनहुँमा पुल उद्घाटन गर्न जादाँ प्रहरीले नियन्त्रणमा लिएको थियो र नियन्त्रणमा लिएको ३ घण्टामा पछि नेता पौडेललाई प्रहरीले छोडेको थियो । हिजो बिहिबार पौडेलले ठुलो जमातमा रहेका कांग्रेसका कार्यकर्ताहरु बिच रहेर पुल उद्घाटन गर्नुभएकाे थियाे ।
पुल उद्घाटन कार्यक्रममा नेता पौंडेलले प्रम ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल परेको टिप्पणी गर्नुभएकाे थियाे । वरिष्ठ नेतामाथि यस्तो व्यवहार गर्नु प्रम ओलीले लोकतन्त्रलाई कुल्ची अधिनायवादको थालनी गरेको आरोप लागेको छ ।