गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ४७ जना काेराेना संक्रमित – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ४७ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ४७ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ४७ जना काेराेना संक्रमित

पाेखरा, १९ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १२४७९ पुगेकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १३ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका १३ जना रहेका छन् । थपिने काेराेना संक्रमित सबै  पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर किल्नीकबाट पहिचान भएका हुन् ।

क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा ३४ जना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका २४ जना, बाग्लुङका १ जना, म्याग्दीका ९ जना गरि ३४ जना थपिएका हुन् ।

थपिने सबै संक्रमित कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् । थपिने संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका