कास्कीमा मध्यपहाडीको रमिता,ठोस निर्णय लिन नसक्दा ओलीलाई हाइसञ्चो,प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल – Samacharpati Samacharpati कास्कीमा मध्यपहाडीको रमिता,ठोस निर्णय लिन नसक्दा ओलीलाई हाइसञ्चो,प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • कास्कीमा मध्यपहाडीको रमिता,ठोस निर्णय लिन नसक्दा ओलीलाई हाइसञ्चो,प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल

कास्कीमा मध्यपहाडीको रमिता,ठोस निर्णय लिन नसक्दा ओलीलाई हाइसञ्चो,प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल

कास्कीमा मध्यपहाडीको रमिता,ठोस निर्णय लिन नसक्दा ओलीलाई हाइसञ्चो,प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल

पोखरा,१९ मंसिर ।
मध्यपहाडी लोकमार्ग निर्माण सुरु भएको १३ वर्षसम्म कास्कीमा रुट टुङ्गिएको छैन । अहिले याम्दीदेखि पर्वतसम्मको खण्ड स्तरोन्नतिको काम भइरहेको छ । लमजुङदेखि भैँसेसम्मको सडक पनि ट्रयाक खोलेर स्तरोन्नति भइरहेको छ । पहिले मादी करिडोरको नाममा ट्रयाक खोलिएको यो सडकबाट ‘मादी करिडोर’ नाम हटिसकेको छ । भैँसेदेखि याम्दीसम्मको रुट भने अहिलेसम्म छिनोफानो लागेको छैन । यो रुट धेरै पटक फेरिएको छ । दुई वर्षअघि प्रस्तावित रुट पुनः फेर्न लागिएको छ । दिनदिनै नेताहरु गाउँगाउँमा पुगेर लोकमार्ग छिराउने प्रतिबद्धता जनाउँदै फर्कन्छन् । लमजुङ र कास्कीको सीमाना रुदी दोभानबाट भैँसेसम्मको ट्रयाक कायम भैसकेको छ । भैँसेदेखि चितेपानी, सुनपँदाली, आर्वाको घारी, काहुँको फेदिबाट भलाम छुँदै बाटुलेचौरबाट याम्दी जोडिन्थ्यो । अहिले यसलाई संशोधन गरेर गाउँ केन्द्रित गर्न खोजिएको छ । ‘भ्यालीभित्र अर्को बाटो छँदै छ । लोकमार्गलाई गाउँतिर तान्न सकियो भने धेरैले सुविधा पाउँछन् । मान्छेको बसाइँसराइ रोकिन्छ कि भनेर परिवर्तनको प्रस्ताव गरेका हौं,’ जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी क्षत्रीले भने, ‘पहिले सहमति बनाउनुपर्छ । माथि कुरा भएको छ । सकेसम्म रुट फेर्ने नै हो ।’ त्यसो त लमजुङको सुन्दरबजारदेखि नै ट्रयाकमा विवाद थियो । त्यो समाधान भएपछि कास्कीको रामकोट भएर वेगनास ताल निकाल्ने तयारी भयो । त्यसको विरोध भयो । त्यसपछि रामकोटबाट लिप्यानी, सौर्य भएर राखी मिजुरे, आर्वा निकाल्ने भनियो । त्यसमा पनि सहमति हुन सकेन । तेस्रो विकल्पमा भैँसे निकालेर सुनपदाँलीको रुट प्रस्ताव गरियो । यसमा सर्भे समेत गरेर ट्रयाक खोल्ने तयारी थियो । अहिले त्यस क्षेत्रका नेताहरुले टुङ्गिएको रुट हटाएर नयाँ प्रस्ताव अघि सारे । सम्भावित रुटको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र इन्जिनियर समेतको टोलीले हेरेर फर्केको छ ।यसअघि प्रस्तावित रुटमा धेरै संरचना भत्काउनुपर्ने भएकोले पनि नयाँ ट्रयाक खोज्न सके सहज हुने आयोजनाका पर्वत खण्ड प्रमुख मेघराज मरासिनीले बताए । ‘सर्भे गरेको समयभन्दा अहिले धेरै घरहरु बनिसके । धेरैले घडेरी बनाएका छन् । वर्षौं लगाएर कमाएको पैसाले दुईचार आना जोडेका छन्,’ उनले भने, ‘आयोजनाले जग्गाको पैसा दिँदैन । घरको पनि निकै कम मुआब्जा मिल्छ । त्यसैले यो बाटो ल्याउन सम्भावना कम छ ।’ उनका अनुसार भैँसेदेखि ज्याम्दु, मेलबोट, मौजा, अर्मलाकोट निकालेर भलाम हुँदै बाटुलेचौरदेखि याम्दी जोड्ने बाटो सबैभन्दा उपयुक्त देखिएको छ । ‘खासै लामो पर्दैन । बराबरी जस्तै देखिएको छ । घरहरु नपर्ने र लम्बाई उस्तै हुने हो भने र मध्येपहाडीको मर्म भावनालाई समेट्ने भएकोले यो बाटोमा चित्त बुझेको छ,’ मरासिनी भन्छन्, ‘मैले मात्रै भनेर हुँदैन । स्थानीयको चित्त बुझ्नुपर्छ । विभागले स्वीकृति दिनुपर्छ । हामीले हेरेको रुट जनताले चाहिँदैन भनिदिए समस्या पर्छ ।’ उनले सकेसम्म डीपीआर भएकै रुटबाट सडक ल्याउन पहल गर्ने बताए । डीपीआर अनुसार यो रुटको भैैँसेदेखि याम्दी खण्ड साढे २९ किलोमिटर पर्छ । रुदीबाट भैँसेसम्मको १६ किलोमिटर ट्रयाक खोलेर कालोपत्रेका लागि अहिले टेण्डर आह्वान गरिएको छ । यहाँ कालोपत्रेका लागि १ अर्बभन्दा बढी लागत अनुमान गरिएको छ ।यसअघि प्रस्तावित रुटमा धेरै संरचना भत्काउनुपर्ने भएकोले पनि नयाँ ट्रयाक खोज्न सके सहज हुने आयोजनाका पर्वत खण्ड प्रमुख मेघराज मरासिनीले बताए । ‘सर्भे गरेको समयभन्दा अहिले धेरै घरहरु बनिसके । धेरैले घडेरी बनाएका छन् । वर्षौं लगाएर कमाएको पैसाले दुईचार आना जोडेका छन्,’ उनले भने, ‘आयोजनाले जग्गाको पैसा दिँदैन । घरको पनि निकै कम मुआब्जा मिल्छ । त्यसैले यो बाटो ल्याउन सम्भावना कम छ ।’ उनका अनुसार भैँसेदेखि ज्याम्दु, मेलबोट, मौजा, अर्मलाकोट निकालेर भलाम हुँदै बाटुलेचौरदेखि याम्दी जोड्ने बाटो सबैभन्दा उपयुक्त देखिएको छ । ‘खासै लामो पर्दैन । बराबरी जस्तै देखिएको छ । घरहरु नपर्ने र लम्बाई उस्तै हुने हो भने र मध्येपहाडीको मर्म भावनालाई समेट्ने भएकोले यो बाटोमा चित्त बुझेको छ,’ मरासिनी भन्छन्, ‘मैले मात्रै भनेर हुँदैन । स्थानीयको चित्त बुझ्नुपर्छ । विभागले स्वीकृति दिनुपर्छ । हामीले हेरेको रुट जनताले चाहिँदैन भनिदिए समस्या पर्छ ।’ उनले सकेसम्म डीपीआर भएकै रुटबाट सडक ल्याउन पहल गर्ने बताए । डीपीआर अनुसार यो रुटको भैैँसेदेखि याम्दी खण्ड साढे २९ किलोमिटर पर्छ । रुदीबाट भैँसेसम्मको १६ किलोमिटर ट्रयाक खोलेर कालोपत्रेका लागि अहिले टेण्डर आह्वान गरिएको छ । यहाँ कालोपत्रेका लागि १ अर्बभन्दा बढी लागत अनुमान गरिएको छ ।यसअघि प्रस्तावित रुटमा धेरै संरचना भत्काउनुपर्ने भएकोले पनि नयाँ ट्रयाक खोज्न सके सहज हुने आयोजनाका पर्वत खण्ड प्रमुख मेघराज मरासिनीले बताए । ‘सर्भे गरेको समयभन्दा अहिले धेरै घरहरु बनिसके । धेरैले घडेरी बनाएका छन् । वर्षौं लगाएर कमाएको पैसाले दुईचार आना जोडेका छन्,’ उनले भने, ‘आयोजनाले जग्गाको पैसा दिँदैन । घरको पनि निकै कम मुआब्जा मिल्छ । त्यसैले यो बाटो ल्याउन सम्भावना कम छ ।’ उनका अनुसार भैँसेदेखि ज्याम्दु, मेलबोट, मौजा, अर्मलाकोट निकालेर भलाम हुँदै बाटुलेचौरदेखि याम्दी जोड्ने बाटो सबैभन्दा उपयुक्त देखिएको छ । ‘खासै लामो पर्दैन । बराबरी जस्तै देखिएको छ । घरहरु नपर्ने र लम्बाई उस्तै हुने हो भने र मध्येपहाडीको मर्म भावनालाई समेट्ने भएकोले यो बाटोमा चित्त बुझेको छ,’ मरासिनी भन्छन्, ‘मैले मात्रै भनेर हुँदैन । स्थानीयको चित्त बुझ्नुपर्छ । विभागले स्वीकृति दिनुपर्छ । हामीले हेरेको रुट जनताले चाहिँदैन भनिदिए समस्या पर्छ ।’ उनले सकेसम्म डीपीआर भएकै रुटबाट सडक ल्याउन पहल गर्ने बताए । डीपीआर अनुसार यो रुटको भैैँसेदेखि याम्दी खण्ड साढे २९ किलोमिटर पर्छ । रुदीबाट भैँसेसम्मको १६ किलोमिटर ट्रयाक खोलेर कालोपत्रेका लागि अहिले टेण्डर आह्वान गरिएको छ । यहाँ कालोपत्रेका लागि १ अर्बभन्दा बढी लागत अनुमान गरिएको छ ।यसअघि प्रस्तावित रुटमा धेरै संरचना भत्काउनुपर्ने भएकोले पनि नयाँ ट्रयाक खोज्न सके सहज हुने आयोजनाका पर्वत खण्ड प्रमुख मेघराज मरासिनीले बताए । ‘सर्भे गरेको समयभन्दा अहिले धेरै घरहरु बनिसके । धेरैले घडेरी बनाएका छन् । वर्षौं लगाएर कमाएको पैसाले दुईचार आना जोडेका छन्,’ उनले भने, ‘आयोजनाले जग्गाको पैसा दिँदैन । घरको पनि निकै कम मुआब्जा मिल्छ । त्यसैले यो बाटो ल्याउन सम्भावना कम छ ।’ उनका अनुसार भैँसेदेखि ज्याम्दु, मेलबोट, मौजा, अर्मलाकोट निकालेर भलाम हुँदै बाटुलेचौरदेखि याम्दी जोड्ने बाटो सबैभन्दा उपयुक्त देखिएको छ । ‘खासै लामो पर्दैन । बराबरी जस्तै देखिएको छ । घरहरु नपर्ने र लम्बाई उस्तै हुने हो भने र मध्येपहाडीको मर्म भावनालाई समेट्ने भएकोले यो बाटोमा चित्त बुझेको छ,’ मरासिनी भन्छन्, ‘मैले मात्रै भनेर हुँदैन । स्थानीयको चित्त बुझ्नुपर्छ । विभागले स्वीकृति दिनुपर्छ । हामीले हेरेको रुट जनताले चाहिँदैन भनिदिए समस्या पर्छ ।’ उनले सकेसम्म डीपीआर भएकै रुटबाट सडक ल्याउन पहल गर्ने बताए । डीपीआर अनुसार यो रुटको भैैँसेदेखि याम्दी खण्ड साढे २९ किलोमिटर पर्छ । रुदीबाट भैँसेसम्मको १६ किलोमिटर ट्रयाक खोलेर कालोपत्रेका लागि अहिले टेण्डर आह्वान गरिएको छ । यहाँ कालोपत्रेका लागि १ अर्बभन्दा बढी लागत अनुमान गरिएको छ ।यता, कास्की काँग्रेसका सभापति कृष्ण केसीले पनि परिमार्जन गर्न लागिएको रुट उपयुक्त हुने बताए । ‘डीपीआर परिवर्तन गर्न सजिलो त छैन । यदि सम्भव भयो भने नयाँ ट्रयाक खोज्नु उपयुक्त देख्छु । पुरानो डीपीआरमा धेरै संरचना भत्काउनुपर्छ,’ उनले भने, ‘स्थानीयसँग कुरा गर्दा त्यही सुझाव दिएका छन् ।’ तराई छिचोलेर बनेको पूर्व–पश्चिम ९महेन्द्र० राजमार्गको वैकल्पिकमार्गको रुपमा ठानिएको मध्यपहाडी लोकमार्गको काम देशभर फटाफट भैरहेको छ । प्रत्येक जिल्लामा छुट्टाछुट्टै क्लस्टर कायम गरेर काम गरिए पनि कास्कीमा भने रुट खोज्दैमा १३ वर्ष गुज्रिएको छ । २०७६ सालसम्म १ हजार ७ सय ६५ किलोमिटर लामो लोकमार्ग पूरा गर्ने लक्ष्य सरकारको छ ।८० किलोमिटरभन्दा बढी सडक कास्की खण्डमा पर्छ । याम्दीबाट घट्टेखोलासम्मको सडक ४ लेनमा विस्तार भैरहेको छ भने थप २ लेन सर्भिस लेन हुनेछ । त्यसपछि नयाँपुलसम्म २ लेनको सडक निर्माणाधीन छ । पूर्वमा पाँचथरको चियो भञ्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमस्थित बैतडीको झुलाघाटमा पुगेर टुङ्गिन्छ । लोकमार्गमार्फत पहाडका २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्ने अनुमान छ । तर ठाउँठाउँमा अहिले पनि लोकमार्गको ट्रयाक फेरबदल भैरहेका छन् । सडक निर्माण टुङ्गिने बेलासम्म यसको लम्बाई तलमाथि हुने देखिन्छ ।(आदर्श समाज )

गढुंगा–सिस्नेखोला सुरुङमार्गको पोर्टल ९सुरुङभित्र छिर्ने मुख बनाएर प्वाल पार्ने काम सुरु भएको छ । काठमाडौं र धादिङ दुवैतर्फ काम अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाले जनाएको छ । एक महिनाभित्र विस्फोट गराउने काम सुरु हुने आयोजनाको भनाइ छ । (कान्तिपुर)

उदयपुरको कटारी नगरपालिका–८ भाण्टावारीस्थित एक सिमेन्ट उद्योग नजिक बम विष्फोट हुँदा पाँच जना मजुर घाइते भएका छन् । बम विष्फोटबाट सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा रहेका एक स्कोभेटर, मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कटारीका डिएसपी हेमन्त भण्डारीका अनुसार अन्य तीनवटा स्काभेटरमा पनि क्षति पुगेको छ । मध्यराति १२ बजेर १५ मिनेटमा खानी क्षेत्रलाई लक्षित गरि राखेको बम विष्फोट हुँदा भाग्ने क्रममा पाँच मजदुर घाइते भएको प्रहरीले बताइएको छ । अज्ञात समूहले बम विष्फोट गराएको खानीका कर्मचारीले बताएका छन् ।सात जनाजतिको समूहमा आएका उनीहरुको पहिचान हुने सकेको छैन । बम विष्फोटपछि रोकिराखेका स्काभेटरमा पनि आगो लगाएका छन् ।

दुईतिहाइ मतका साथ सत्तामा आसिन भएकाहरू पार्टीभित्र आन्तरिक किचलो सिर्जना गर्न व्यस्त छन् ।कोरोनाका कारण देश महामारीमा फसेको बेला सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० आफैं शक्ति संघर्षको महामारीले थलिएको छ । स्थिरता र समृद्धिको नारा दिएर नेकपाले ल्याएको मतले बनेको सरकारले जनतामाथि बोझ बनेर उभिएको नेकपाकै कतिपय नेताहरूले टिप्पणी गर्ने गरेका छन् ।पार्टीको निर्णयविपरीत चलेको आरोपसहित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पदबाट हटाउने मोर्चाबन्दी शुरू गरेको धेरै महिना बितिसक्यो सचिवालय, स्थायी, केन्द्रीय र संसदीय दलमा सुविधाजनक बहुमतमा रहेको दाबीका साथ प्रचण्ड–नेपाल पक्षले ओलीलाई बहुमतको डण्डा देखाएर तर्साइरहेको छ । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिलाउने हाम्रो प्रयास रहनेछ,’ वरिष्ठ नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘होइन भने कमजोरी स्वीकारेर आफूले रोजेको कुनै एक पदमा म बस्छु भन्ने छुट अहिले उहाँलाई छ । उहाँले अझै गनगन गरिरहने हो भने पछि नसोचेको परिणाम पनि व्यहोर्नु पर्ने हुनसक्छ ।’(लोकान्तर)

तनहुँमा बनेको स्थानीय पुल उद्घाटन गर्न सरकारले निषेधाज्ञा मात्र जारी गरेन, प्रमुख प्रतिपक्षी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुव्र्यवहार गर्दै प्रहरी नियन्त्रणमा पनि लियो । स्थानीय पुलको उद्घाटनका लागि प्रतिपक्षीलाई निषेध गर्ने सरकारका प्रधानमन्त्री केपी ओलीको आफ्नै जिल्लामा र आफ्नै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि पुल अलपत्र छन् । पूर्व–पश्चिम हुलाकी राजमार्गको ४८ किलोमिटर खण्ड झापामा पर्छ जहाँ आठ पुल अलपत्र छन् । यी पुल निर्माण सुरु भएको एक दशक नाघिसकेको छ । जसका कारण जनता बर्खामा डुंगा र हिउँदमा बाँसको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । डुंगामा यात्रा गरेबापत दुई सय रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ, हिउँदमा पनि काठको पुल तर्दा जनताबाट रकम उठाउने गरिएको छ । (नयाँ पत्रिका )

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताउनुभएको छ ।कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्ने बताउँदै उहाँले सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्ने धारणा राख्नुभयो ।प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताउनुभयो ।अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका