बागलुङ जैमिनी निउरेनि प्रा.बिमा शिक्षक अभिभावक सङ्घको नयाँ समिति चयन     – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • बागलुङ जैमिनी निउरेनि प्रा.बिमा शिक्षक अभिभावक सङ्घको नयाँ समिति चयन    

बागलुङ जैमिनी निउरेनि प्रा.बिमा शिक्षक अभिभावक सङ्घको नयाँ समिति चयन    

बागलुङ जैमिनी निउरेनि प्रा.बिमा शिक्षक अभिभावक सङ्घको नयाँ समिति चयन    
अमृत सुनार, बागलुङ । बाग्लुङ जिल्ला जैमिनी नगरपालिका -७ जैदी न्युरेनी मा रहेको श्री जनता प्राथमिक विद्यालयमा शिक्षक अभिभावक सङ्ग पुनर्गठन भएको छ।
शिक्षक अभिभावक सङ्गको नयाँ समितिमा राजकुमार राना अध्यक्ष पदमा नियुक्ति भएका छ्न । त्यसै गरि वीर बहादुर राना, खिमा बि .क. , हिमाल शाही र पार्वती नेपाली  शिक्षक अभिभावक सङ्गको सदस्यमा नियुक्ति हुनुभएकाे छ।
यसभन्दा पहिला कलाधर रसाइली शिक्षक अभिभावक सङ्गको अध्यक्ष रहेको र उहाँको कार्यकाल समापन भएकाले नयाँ समिति गठन गर्नुपरेको वि.व्य.स . अध्यक्ष जित बहादुर रानाले बताउनु भयो।
साथै उक्त विद्यालयको बर्तमान वि.व्य.स . अध्यक्षको पनि कार्यकाल समापन हुन लागेकाले नयाँ वि.व्य.स समिति गठनको पहिलो चरण आज सप्पन्न भएको छ। नयाँ वि.व्य.स अध्यक्ष पदको लागि होम बहादुर राना , राधा थापा र मेख बहादुर राना छनोटको प्रक्रियामा रहेका छन ।
अध्यक्ष पदका लागि एक हप्ता भित्रमा बैठक बसि नयाँ वि.व्य.स गठन गर्ने प्रधानाध्यापक तथा कार्यक्रमको प्रमुख अतिथी  जमुना देवी शर्मा ले बताउनु भयो। बि.स. २०४८ सालमा स्थापना भएको उक्त स्कुलमा कक्षा तीन सम्मको पठनपाठन हुँदै आईरहेको छ । बिद्यालय भौतिक संरचना तथा शैक्षिक रुपमा पनि निकै अगाडी रहेको पाईन्छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका