“ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ, एक पद मात्रै लिनुपर्छ'': देवेन्द्र पौडेल – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • “ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ, एक पद मात्रै लिनुपर्छ”: देवेन्द्र पौडेल

“ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ, एक पद मात्रै लिनुपर्छ”: देवेन्द्र पौडेल

“ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ, एक पद मात्रै लिनुपर्छ”: देवेन्द्र पौडेल

काठमाडौं, १८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद यति बेला चुलिदै गएको छ । आफ्नै पार्टीका नेताबाट असुरक्षाको अनुभव गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पद छाड्नु पर्ने कडा चुनौती आएको छ ।

नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आज एक कार्यक्रममा बोल्दै पार्टीको विवाद अन्त्य गर्न प्रम ओलीले एक पद छाड्नै पर्ने बताउनुभएकाे छ ।

पार्टीको विधान र पद्धतिअनुसार प्रम ओलीले आफ्नो कार्य अघि बढाए समस्या हल हुने नेता पौडेलको भनाई छ । साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले भन्नुभयाे, “ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन, पार्टी फुटाउनु हूँदैन, एक बनाउनैपर्छ”।

पार्टीको समस्या सुल्झ्याउन प्रम ओलीले पार्टीको निणर्य मान्नै पर्ने भन्दै पौडेलले समस्या समाधानको जिम्मा प्रम ओलीले लिनुपर्ने जिकिर गरेका छन् ।

अध्यक्षद्धयले पेश गरेको प्रतिवेदन माथि गहन छलफल गरेर अगाडै बढे समस्या हल हुने नेता पौडेलको निष्कर्ष रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका