काठमान्डाैँ, १८ मङसिर । नेपाली काँग्रेस (वी पी) ले कोरोना (कोभिड १९) भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजनैतिक गतिबिधि सभा, जुलुस, प्रदर्शन तथा भीडभाडजन्य गतिविधिमा रोक लगाउने निर्णयको बिरोध गरेको छ ।
आज पार्टी कार्यालयका सचिव सुशीलराज वाग्लेले एक विज्ञप्ति जारि गर्दै सडकमा जनताद्वारा भ्रष्ट्रचार, अनियमिता, राष्ट्रघाती कदम, गणतन्त्र, धर्म निरपेक्षता, महगो संघियता खारेजी सहित भइरहेको प्रदर्शनबाट सरकार अतालिएर काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना (कोभिड १९) भाइरसको बहाना बनाई राजनैतिक गतिबिधि सभा, जुलुस, प्रदर्शन तथा भीडभाडजन्य गतिविधिमा रोक लगाउने निर्णय गरेको आरोप लगाएको छ ।
नेपाली काँग्रेस (वी पी) ले भ्रस्टाचार, संबैधानिक राज संस्था, धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, महगो संघीय गणतन्त्रको ब्यबस्था खारेजीको माग गर्दै आन्दोलन गर्नु गलत हो भनी प्रश्न गर्दै सम्पुर्ण राजनैतिक पार्टी, देशभक्त, राष्ट्रभक्त, राष्ट्रवादी, प्रजातन्त्रवादि, नागरिक समाज, पत्रकार, लेखक पेशागतकर्मी, कर्मचारी, विद्यार्थी, किसान मजदुर कलाकार एकजुट भै जनता भन्दा ठुलो सरकार नभएको संदेश आन्दोलनबाट दिन सबैमा कार्यालय सचिव वाग्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपिल गरिएको छ ।