पोखराको बैदामका प्रहरी निरीक्षक शर्माविरुद्ध जबरजस्ती गर्भपतन गराएको र बहुविवाह गरेको आरोप – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • पोखराको बैदामका प्रहरी निरीक्षक शर्माविरुद्ध जबरजस्ती गर्भपतन गराएको र बहुविवाह गरेको आरोप

पोखराको बैदामका प्रहरी निरीक्षक शर्माविरुद्ध जबरजस्ती गर्भपतन गराएको र बहुविवाह गरेको आरोप

पोखराको बैदामका प्रहरी निरीक्षक शर्माविरुद्ध जबरजस्ती गर्भपतन गराएको र बहुविवाह गरेको आरोप

पोखरा ,१८ मंसिर ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट पोखराको बैदाम सरुवा भई गएका प्रहरी निरीक्षक ध्रुव शर्माविरुद्ध जबरजस्ती गर्भपतन गराएको र बहुविवाह गरेको आरोपमा जाहेरी दर्ता भएको छ ।

शर्माकी पत्नी बेनी नगरपालिका–७ की स्मृति शर्माका तर्फबाट आफन्त एकेन्द्र महतले दिएको जाहेरीमा पद र हतियारको दुरुपयोग गरी डर देखाई जबरजस्ती गर्भपतन गराएको र पोखरामा छुट्टै विवाह गर्न अर्की युवतीसँग टीकाटालो गरेको उल्लेख छ ।उनीहरूले निरीक्षक शर्मा सम्पर्कविहीन भएपछि प्रहरीमा उजुरी गर्दा सुरुमा लिन नमानेको र जालझेल गर्न खोजेको आरोपसमेत लगाएका छन् । ‘शर्माविरुद्ध श्रीमतीका तर्फबाट आफन्तले गर्भ संरक्षण विरुद्धको कसुर र बहुविवाहसम्बन्धी दुईवटा मुद्दामा जाहेरी दर्ता गर्नुभएको छ।कुँवरले पीडितको जाहेरी लिन प्रहरीले आनकानी गरेको, जालझेल गरेको भन्ने आरोप सत्य नभएको दाबी गर्दै सरकारी वकिल वा हुलाकबाटसमेत जाहेरी दर्ता गर्न मिल्ने बताए ।

‘शर्माले यौनशोषणपछि विवाहको नाटक गरी शारीरिक तथा मानसिक यातना दिएकाले बहिनी अहिले विक्षिप्त छिन् । गर्भपतन गर्न बाध्य पारेको र पोखरामा अर्को विवाह गर्न लागेको जानकारी पाएपछि आफन्तको सहयोगमा उजुरी दिएका हौं,’ स्मृतिकी दिदी स्तुति सुवेदीले भनिन् ।शर्मा र स्मृतिले गत वैशाखमा बेनीकै मन्दिरमा विवाह गरेका थिए । त्यसअघि नै स्मृति गर्भवती बनेकाले गत चैतमा गर्भपतन गराइएको जाहेरीमा उल्लेख छ । स्मृतिका अनुसार शर्माले पेस्तोल देखाई गर्भपतन नगरे मार्ने र आफू पनि मर्ने भन्दै डर देखाएर पर्वतको कुस्मास्थित मेरीस्टोप्समा लगी गर्भपतन गराएका थिए । गर्भपतनपछि सम्बन्धमा खटपट सुरु हुँदा अधिकारकर्मी र डीएसपीसमेतको दबाबमा ध्रुव र स्मृतिको विवाह भएको थियो । शर्माले विवाह दर्ता गरी आफ्नो नामबाट नागरिकतासमेत दिलाएका छन् ।शर्माले भने स्मृतिकै इच्छामा गर्भपतन गरिएको दाबी गरेका छन् । ‘विवाहपछि पारिवारिक विषयमा खटपट सुरु भयो । सँगै जीवन बिताउन सक्ने अवस्था नदेखेपछि मैले जिल्ला अदालत बागलुङमा परिवार र उनीसँग समेत अंशबन्डा दाबी गरी मुद्दा दायर गरें,’ उनले भने, ‘परिवारबाट एक्लै बस्न चाहेँ । यही विषयमा उनी आवेगमा आई गर्भपतन र बहुविवाहको मुद्दा दर्ता गरेकी हुन् ।’(कान्तिपुर)

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका