मानुङकोटको पूर्वाधार निर्माण गर्नुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलकाे जोड – Samacharpati Samacharpati मानुङकोटको पूर्वाधार निर्माण गर्नुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलकाे जोड – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • मानुङकोटको पूर्वाधार निर्माण गर्नुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलकाे जोड

मानुङकोटको पूर्वाधार निर्माण गर्नुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलकाे जोड

मानुङकोटको पूर्वाधार निर्माण गर्नुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलकाे जोड

दमौली, १६ मङ्सिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटको आज बिहान अवलोकन गर्नुभएको छ ।

पछिल्लो समय निकै प्रख्यात मानुङकोटको अवलोकन गर्दै वरिष्ठ नेता पौडेलले यहाँ पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

गाउँबाट भागेको मनलाई गाउँमै बसुँबसुँ बनाउने अभियानमा आफू लागिपरेको भन्दै वरिष्ठ नेता पौडेलले आज मानुङ सोही दिशातर्फ अगाडि बढेको बताउनुभयो । चर्चित गन्तव्यको रूपमा विकास भएको मानुङको सुन्दरतालाई कायम राख्नेतर्फ ध्यान दिनुपर्नेमा पौडेलको जोड थियो ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतको सहभागिता थियो । मानुङकोटबाट बिहानै सूर्योदय र कुहिरोको दृश्य हेर्न पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

मानुङकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धवलागिरि, माछापुच्छे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका