१५ बर्षिय छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा ५५ बर्षिय बाबुलाई डेढ बर्ष कैद सजाय भएको छ ।पर्वतको विहादी गाउँपालिकाका ५५ बर्षिय पुरुषलाई पर्वत जिल्ला अदालतले १ बर्ष ६ महिना कैद सजाय र १० हजार रुपैँया जरिवानाको सजाय सुनाएको हो ।विहादी गाउँपालिकाका एक ५५ बर्षिय पुरुषले ३ माघ ०७६ मा आफ्नै १५ बर्षिय छोरीलाई यौन दुव्र्यबहार गरेका थिए ।
पिडित बालिकाले आफु पटक पटक आफ्नै बाबुबाट यौन हिंसाबाट पिडित बनेको भन्दै आफन्तलाई गुनासो गरेपछि आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले उजुरीका आधारमा ७ माघ २०७६ मा आरोपित बाबुलाई घरबाटै पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । पर्वत जिल्ला अदालतको २९ माघ ०७६ मा दुई लाख धरौटीमा छुटाउने आदेश जारी गरेपनि धरौटी रकम बुझाउन नसक्दा आरोपित बाबु पर्वत जिल्ला कारागार चलान भएका थिए । पर्वत अदालतको आइतबारको फैसलाले उनलाई एक बर्ष ६ महिना कैद र १० हजार रुपैँया जरिवानाको फैसला सुनाएको पर्वत जिल्ला अदालतका श्रेष्तेदार रामबहादुर थापाले फोनमार्फत जानकारी दिनुभयो ।पिडित बालिका परिवारमा समेत तत्काल पुनःस्थापना हुन नसकेपछि छिमेकी जिल्ला कास्कीको पोखरामा संरक्षक संस्थाको संरक्षकत्वमा रहेकी छिन् ।(news dabali)