अब राजसंस्थाको विकल्प छैन : मेयर राणा – Samacharpati Samacharpati अब राजसंस्थाको विकल्प छैन : मेयर राणा – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • अब राजसंस्थाको विकल्प छैन : मेयर राणा

अब राजसंस्थाको विकल्प छैन : मेयर राणा

अब राजसंस्थाको विकल्प छैन : मेयर राणा

बाँके, १४ मङसिर । राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाको माग गर्दै  नेपालगञ्वमा वृहद् प्रदर्शन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा आज हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाको माग राख्दै नेपालगन्जमा विशाल शक्ति प्रदर्शन भएको हो ।

नेपालगञ्जको बागेश्वरी मन्दिर अगाडीबाट सुरु भई धम्बोझी चोकमा समापन भएको र्यालीमा सयौंको संख्याका मोटरसाइकलसहित आएका राजसंस्था पक्षधरहरुले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा, राजसंस्था पुनस्र्थापना सहित संघीयता खारेजीको माग राख्दै शक्ति प्रदर्शन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता धवल शम्शेर राणाले अब मुलुकको विकासका लागि राप्रपाको विकल्प नभएको बताउनुभएको थियो ।

सम्बोधनका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहनुभएका राणाले नेकपाको सरकारले मुलुकलाई ध्वस्त पारेको आरोप लगाउँदै राजाबिनाको देशको परिकल्पना गर्न समेत नसकिने स्पष्ट पार्नुभयो ।

विदेशी शक्तिको आडमा जवर्जस्ती थोपरिएको गणतन्त्र र संघीयता देशले धान्न नसक्ने उहाँले बताउन’भयो । शक्ति प्रदर्शनको कमान्ड राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले सम्हाल्नुभएको थियो ।

राजसंस्थाको पुनःस्थापनाको माग राख्दै गरिएको शक्ति प्रदर्शनमा मोटरसाइकलमा मात्रै नभई गाडी,अटो, रिक्सा र साइकलमा समेत हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना पक्षधरहरु बादीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

शक्ति प्रदर्शनमा नेपालगन्जका मेयर डा धवल शम्शेर राणा, नेपालगन्ज ४ का अध्यक्ष एवं राप्रपाका युवा नेता मो सफिक बेहना लगायत राप्रपाका अधिकांश नेताहरुको उपस्थिति रहेको थियो ।

सरकारको सानदार असफलतासँगै राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाको माग गर्दै देशका प्रमुख सहरहरुमा प्रदर्शन जारी रहेको छ ।

सरकार र सम्बद्ध दल आपसी द्वन्द्वमा अल्झिएको र प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेस रमिते मात्र भएको वर्तमान अवस्थामा आम जनताहरु स्वतस्फुर्त तवरले विकल्पको खोजीमा सडकमा उत्रन थालेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका