गण्डकी प्रदेशमा थप ४ जनाकाे काेराेना संक्रमणबाट मृत्यु – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थप ४ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

गण्डकी प्रदेशमा थप ४ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

गण्डकी प्रदेशमा थप ४ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

पाेखरा, १३ मङसिर । लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका ६ का ८५ वर्षिय काेराेना संक्रमित व्यक्तिकाे आज दिउँसाे स्वास्थ्य विज्ञान प्रतिष्ठान  पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

उहाँलाइ  कार्तिक २८ का काेराेना पुष्टि भएकाे थियाे । उहाँलाइ निमाेनिया, किड्नी लगायतका स्वास्थ्य समस्या रहेकाे थियाे ।

गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५१ पुगेकाे छ । कास्की जिल्ला पाेखरा महानगरपालिका १५ का ५२ वर्षिय काेराेना संक्रमित व्यक्तिकाे गण्डकी मेडिकल कलेज पाेखरा उपचारकाे क्रममा हिजाे  मृत्यु भएकाे छ ।

उहाँलाइ मङसिर ८ मा काेराेना पुष्टि भएकाे थियाे । उहाँलाइ निमाेनिया स्वास्थ्य समस्या रहेकाे थियाे ।

कास्की जिल्ला पाेखरा महानगरपालिका १० का ६९ वर्षिय काेराेना संक्रमित व्यक्तिकाे गण्डकी मेडिकल कलेज पाेखरा उपचारकाे क्रममा हिजाे बेलुका मृत्यु भएकाे छ ।

उहाँलाइ मङसिर १० गते काेराेना पुष्टि भएकाे थियाे ।

तनहुँ जिल्ला रिसिङ गाउँपालिका ८ की ७८ वर्षिय काेराेना संक्रमित महिलाकाे मणिपाल शिक्षण अस्पतालमा पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

उहाँलाइ मङसिर ११ मा काेराेना पुष्टि भएकाे थियाे ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका