गण्डकी प्रदेशका ९ जिल्लामा थपिए १५५ काेराेना संक्रमित – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७

हालको खबर

  • होमपेज
  • गण्डकी प्रदेशका ९ जिल्लामा थपिए १५५ काेराेना संक्रमित

गण्डकी प्रदेशका ९ जिल्लामा थपिए १५५ काेराेना संक्रमित

गण्डकी प्रदेशका ९ जिल्लामा थपिए १५५ काेराेना संक्रमित

पाेखरा, १३ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ११, ८, ४१ पुगेकाे छ । लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा २० जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका १६ जना, म्याग्दीका १ जना , स्याङजाका १ जना, तनहुँका २ जना गरी २० जना रहेका छन् ।

थपिने सबै संक्रमित लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा पाेखराका विभिन्न अस्पताल मार्फत काेराेनाकाे संक्रमण परिक्षणका लागि नमुना संकलन गरि पठाइएकाे हाे ।

क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १३५ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित बाग्लुङका ४ जना, गाेरखाका १० जना, लमजुङका २२ जना, मुस्ताङका २ जना, तनहुँका १९ जना, स्याङजाका २ जना, पर्वतका २ जना, कास्कीका ७४ जना गरी १३५ जना रहेका छन् ।

थपिने काेराेना संक्रमित सबै जना कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।  थपिने  सबै संक्रमितलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

 

 

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका