मानव बेचबिखन तथा ओसारपसार अभियोगमा खाजाघर संचालक केशव भुजेल पक्राउ – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • मानव बेचबिखन तथा ओसारपसार अभियोगमा खाजाघर संचालक केशव भुजेल पक्राउ

मानव बेचबिखन तथा ओसारपसार अभियोगमा खाजाघर संचालक केशव भुजेल पक्राउ

मानव बेचबिखन तथा ओसारपसार अभियोगमा खाजाघर संचालक केशव भुजेल पक्राउ

पाेखरा, १३ मङसिर । खाजा घरमा राम्रो काममा लगाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी नराम्राे काममा लगाएकाे अभियाेगमा जिल्ला कास्की पोखरा महानगरपालिकाबाट पोखरा जाल्पारोड स्थित खाजाघर संचालक केशव भुजेल पक्राउ परेका छन् ।

महिलालाई बिभिन्न प्रलोभनमा पारी पोखरा जाल्पारोड स्थित खाजा घरमा राम्रो काममा लगाईदिन्छु भनेर बोलाई सुरुमा राम्रै बोलि व्यवहार गरेका थिए ।

साथै खाजा नास्ता बितरणको काममा लगाएका पनि थिए । एक दुई दिन पछिनै खाजा घरमा आउने व्यक्तिहरुसंग डरधाक धम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने अन्यत्र होटलहरुमा समेत जबरजस्ती पठाई यौन शोषण गराएकाे हुदाँ भुजेललाइ जिल्ला प्रहरी कार्यलाय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं ९
जाल्पारोडबाट पक्राउ गरेकाे हाे ।

खाजाघर संचालकल केशव भुजेल काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं ३ स्थाई घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ९ जाल्पारोड स्थित खाजाघर चलाउँदै आएका थिए ।

पक्राउ गरिएका  ३४  वर्षिय केशव भुजेललाइ  मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत १० दिन काे म्याद थप गरी अनुसन्धान भइरहेकाे छ । भने पिडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएकाे छ ।

 

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका