रुकुममा जन्ती बोकेको जीप दुर्घटना चारजनाको मृत्यु – Samacharpati Samacharpati रुकुममा जन्ती बोकेको जीप दुर्घटना चारजनाको मृत्यु – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • रुकुममा जन्ती बोकेको जीप दुर्घटना चारजनाको मृत्यु

रुकुममा जन्ती बोकेको जीप दुर्घटना चारजनाको मृत्यु

रुकुममा जन्ती बोकेको जीप दुर्घटना चारजनाको मृत्यु

रुकुम, १३ मङसिर । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारजनाको मृत्यु भएको छ ।

आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उहाँले जानकारी दिनुभयो । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका