पर्वतीय सङग्रहालयमा नयाँ २ कक्ष स्थापना – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • पर्वतीय सङग्रहालयमा नयाँ २ कक्ष स्थापना

पर्वतीय सङग्रहालयमा नयाँ २ कक्ष स्थापना

पर्वतीय सङग्रहालयमा नयाँ २ कक्ष स्थापना

पोखरा, १३ मंसिर । पोखरा महानगरपालिका वडा नं १७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा प्रथम हिमाल आरोही मौरिस हर्जोक र किर्तिमानी आरोही मिङमा शेर्पा कक्ष स्थापना गरिएको छ ।

कक्षमा सन् १९५० मा प्रथम अन्नपूर्ण आरोही मौरिस हर्जोकले आरोहणका अवसरमा खिचिएका ३३ वटा तस्वीर तथा किर्तिमानी आरोही मिङमा शेर्पाले अरोहणमा प्रयोग गरेका एवम् प्राप्त उपलव्धीका सामग्री प्रदर्शन गरिएको छ । नेपाल पर्वतारोहण संघको पहलमा संकलित तस्वीर र अन्य सामग्री कक्षको आज गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल र नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वाँ जेभी लेगर ले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री लम्सालले माौरिस हर्जोकले आज भन्दा ७० बर्षअघि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण सफल आरोहणसँगै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि प्राप्त भएको बताउँनुभयो ।

प्राकृतिक, सांस्कृतिक एवम् साहसिक पदयात्राको प्रचुर सम्भावना युक्त नेपाललाई हर्जोकले विश्वसामु परिचित गराएको बताउँदै उहाँले हर्जोकका परिवारले आरोहणका अवसरमा खिचिएका तस्वीर उपलव्ध गराएर थप गुन लगाउनुभएको उल्लेख गर्नुभयो । विश्वव्यापी पैmलिएको कोरोना भाइरसका कारण गण्डकी प्रदेशलाई मात्र १४ करोड भन्दा भन्दा बढी घाटा भएको बताउँदै उहाँले सरकारले पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकता राखेको जानकारी दिनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका