गण्डकी प्रदेशले बनाएका कानुनको पुस्तक प्रकाशन – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७

हालको खबर

  • होमपेज
  • गण्डकी प्रदेशले बनाएका कानुनको पुस्तक प्रकाशन

गण्डकी प्रदेशले बनाएका कानुनको पुस्तक प्रकाशन

गण्डकी प्रदेशले बनाएका कानुनको पुस्तक प्रकाशन

पोखरा, १३ मंसिर । गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट अहिलेसम्म पारित भएको कानूनहरुलाई सङ्ग्रह गरेर पुस्तकका रुपमा प्रकाशन गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानुनहरुलाई विभिन्न चार खण्डमा विभाजन गरी प्रकाशनमा ल्याएको छ ।

पुस्तकको शुक्रबार आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान विमोचन गर्नुभयो । गण्डकी प्रदेशसभाले पारित गरेका ऐन कानून स्थानीय तह, अदालत लगायतका कानूून कार्यान्वयन गर्ने एकाइहरुमा नपुग्दा प्रदेश कानूनका बारेमा ती निकायहरु बेखबर बन्ने अवस्था आउन नदिन सङ्ग्रह प्रकाशनमा ल्याइएको मन्त्री चुमानले बताउनुभयो । अब सबै निकायहरुमा यो पुस्तक उपलव्ध गराइने मन्त्री चुमानले बताउनुभयो । प्रदेशको एकल अधिकार सूचीमा रहेका कानून संविधानसँग नबाझिने गरी बनाउने गरिएको उहाँले बताउनुयो । कतिपय साझा अधिकारका सूचीमा रहेका विषयमा सघंमा कानून नबन्दा प्रदेशलाई अप्ठ्यारो भएपनि सघंको मापदण्ड र आधार अनुसार कानून निर्माण गरेको जानकारी दिनुभयो ।

मन्त्री चुमानले प्रदेश सरकारलाई आवश्यक पर्ने ऐन कानूनहरु निर्माण गरिसकेको बताउँदै कतिपय कार्यान्वयनको क्रममा संशोधन आवश्यक रहेको बताउनुभयो । प्रदेश ऐन सङ्ग्रहको पहिलो खण्डमा प्रदेशस्तरका आयोग/निकाय, आन्तरिक प्रशासन, सुशासन, प्रदेश सभा, स्थानीय तह, शान्ति सुरक्षा, सञ्चार, न्याय प्रशासनसँग सम्वन्धित ऐनहरु समावेश छ ।

यसैगरी दोस्रो खण्डमा राजश्व, आर्थिक प्रशासन,यातायात,जलस्रोत उर्जा तथा भौतिक पूर्वाधारसँग सम्वन्धित कानून छन् । तेस्रो खण्डमा उद्योग वाणिज्य,पर्यटन,वन वातावरण,विज्ञान प्रविधि,खाद्य,कृषि,सहकारी र भूमिसँग सम्वन्धित कानून छन् । चौथो खण्डमा शिक्षा,स्वास्थ्य,खेलकूद,महिला,बालबालिका,समाज कल्याण तथा संस्कृतिसँग सम्वन्धित विषय छन् ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका