अब सवारी नियम उल्लंघन गरे वापत तिर्नुपर्ने जरिवाना रकम राजश्व खातामा जम्मा – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७

हालको खबर

  • होमपेज
  • अब सवारी नियम उल्लंघन गरे वापत तिर्नुपर्ने जरिवाना रकम राजश्व खातामा जम्मा

अब सवारी नियम उल्लंघन गरे वापत तिर्नुपर्ने जरिवाना रकम राजश्व खातामा जम्मा

अब सवारी नियम उल्लंघन गरे वापत तिर्नुपर्ने जरिवाना रकम राजश्व खातामा जम्मा

पोखरा, १२ मंसिर । कास्की जिल्ला भित्र जिल्ला ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका ट्राफिक प्रहरी ईकाईहरुबाट सवारी नियम उल्लंघन गरे वापत संकलन गरिने जरिवाना रकमलाई नेपाल सरकारको राजश्व खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ ।

सम्वन्धित सवारी धनी तथा चालकहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना गरी संकलन गरिने राजश्व रकमलाई थप पारदर्शी बनाउनको लागि बैंकिङ प्रणाली मार्फत सम्वन्धित सवारी धनी तथा चालकले जरिवाना रकम सिधै राजश्व खातामा जम्मा गर्ने व्यवस्था गरिएको हाे ।

यसका लागि कार्यालयको पोखरा महानगरपालिका वडा नं ९ नयाँबजार स्थित नवनिर्मित कार्यालय भवनमा आज  मङसिर १२ गते ग्लोवल आई एम ई बैंकको काउण्टर स्थापना गरी बैंकिङ प्रणाली मार्फत राजश्व संकलन कार्य सुरु गरिएको हो ।

जिल्लाको समग्र ट्राफिक व्यबस्थापनलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सवारी नियम उलंघन गरे वापत
ट्राफिक प्रहरीले संकलन गर्ने राजश्व रकमलाई सेवाग्राही स्वयंले बैंक मार्फत भुक्तानी गर्नुपर्ने छ ।

आफ्ना कागजपत्र बुझि लिन सम्वन्धित सरोकारवाला, सवारी धनी तथा चालकहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट अनुरोध गरिएको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका