राष्ट्रिय चिया तथा कफी विकास बोर्डको असल उत्पादन अभ्यास तालिम सम्पन्न – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७

हालको खबर

  • होमपेज
  • राष्ट्रिय चिया तथा कफी विकास बोर्डको असल उत्पादन अभ्यास तालिम सम्पन्न

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको असल उत्पादन अभ्यास तालिम सम्पन्न

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको असल उत्पादन अभ्यास तालिम सम्पन्न

पाेखरा, १२ मङसिर । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखरामा कास्कीका २४ जना पल्पर अपरेटरलाइ २ दिने कफीको टिपाई, प्रशोधन तथा असल उत्पादन अभ्यास  तालिम सम्पन्न भएको छ ।

कार्यक्रम क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा जिल्ला कफी सहकारी संघ कास्की को सहकार्यमा मंसिर १० र ११ गते बोर्डको बगैचास्थल डुम्रीबोटमा संचालन गरिएको थियो ।

कार्यक्रम बोर्ड क्षेत्रीय कार्यालय, पोखराका  क्षेत्रीय निर्देशक श्री चन्द्र पुरीको अध्यक्षतामा र गण्डकी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको प्रमुख आतिथ्यमा संचालन गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष श्री धन बहादुर नेपाली, बागबानी अनुसन्धान केन्द्र, मालेपाटनका प्रमुख श्री युवराज भुषाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पोखराका प्रमुख श्री शिवजी बराल साथै जिल्ला कफी सहकारी संघ लि कास्कीका अध्यक्ष श्री आनन्द सुवेदी अतिथि रहनु भएको थियो ।

खासगरी कफीलाइ पिउनयोग्य बनाउन फिल्डमा कफी उत्पादन देखि प्रसोधन हुदै बजारीकरण सम्म असल र स्वस्थकर अभ्यास अपनाउने पर्ने हुन्छ जसका लागि बिभिन्न प्रबिधिको प्रयोग गरिन्छ ।

कफीका बिभिन्न मूल्य शृंखलाहरुमा असल उत्पादन सम्बन्धि प्रविधिको प्रयोगबाट कफीमा ओक्राटक्सिन लगायतका क्यान्सरजन्य र हानीकारक ढुसीको उत्पादन तथा नियन्त्रण गर्न सकिन्छ जसको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा उच्च मुल्यमा बिक्रि गर्न सकिन्छ ।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका प्रमुख श्री चन्द्र पुरीले कफीको गुणस्तर किसानको हातबाट शुरु हुने हुँदा किसानस्तरमा कफी गुणस्तर तालिम संचालन गरिएको बताउनुभयो ।

कफीको १०० प्रतिशत गुणस्तर मध्य किसानको हातमा ४० प्रतिशत हुने र थप ४० प्रतिशत पल्पर अपरेटरको हातमा हुने भएकाले जिल्लाका अगुवा पल्पर अपरेटरलाई यो तालिम फलदायी हुने र उच्च मुल्यमा बिक्रि हुने गुणस्तरीय कफी उत्पादन गर्न थप आत्मबिस्वास जगाउने विश्वास व्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रममा बोल्दै अतिथिहरुले कफी खेतीमा पछिल्लो समयमा विविध चुनौतीहरु थपिदै गएको र कफी खेति तर्फ
कृषकहरुको आकर्षण घट्दै गएको दुखस् व्यक्त गरेका थिए । साथै कफीको अन्तराष्ट्रिय बजार राम्रो भएकोले कफी खेतिले
किसान संगै सिंगो राष्ट्रलाई फाइदा पुग्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य मा इन्द्रलाल सापकोटाले अब सबैले कृषि क्षेत्रमा ध्यान दिई लगानी बढाउनु पर्ने बताउनुभएको थियो । उहाँले नेताले अब भाषण मात्र गरेर कसैले नपत्याउने, जसले कुनै न कुनै व्यवसाय गरेर सफल भएको हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

औपचारिक कार्यक्रममा बोल्दै बोर्डका नि क्षेत्रीय निर्देशक श्री चन्द्र पुरीले नेपाली कफी हिरा भएको तर प्रशोधन गर्दा गुणस्तर कायम नरहेकाले हाम्रो कफी फलाम भएको यथार्थता बताउदै हाम्रो हिरा जस्तो कफीलाई हिरा नै बनाउन यो तालिमको
आयोजना गरिएको स्पष्ट पर्नुभएको थियो ।

मंसिर १० र ११ गते संचालित तालिममा कफी टिपाई, कफी पकाईको चरण, कफी टिप्ने सहि विधि र समय, कफी
प्रशोधनका तरिका, चिसो र सुख्खा विधि, कफीको गुणस्तरका मापदण्ड, कफीको गुण नियन्त्रण, कफी खेतीका नयाँ
खेतीका अभ्यासहरु बारे कक्षा संचलन गरिएको थियो ।

प्राविधिक तालिम बोर्डका कृषि नि क्षेत्रीय निर्देशक श्री चन्द्र पुरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पोखराका प्रमुख श्री शिवजी बराल र बोर्डका कृषि प्राविधिक श्री नगेन्द्र सुवेदीले तालिम प्रदान गर्नुभएको थियो ।

सहभागीहरुलाई कार्यक्रमको अन्त्यमा कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख निलकण्ठ पोखरेलबाट प्रमाण(पत्र वितरण गरिएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका