पाेखरा, १२ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ११६५० पुगेकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १३ जना काेराेना संक्रमित थपिएका छन् ।
थपिने संक्रमित कास्की पाेखरा महानगरपालिकाका ९ जना, लमजुङका १ जना,स्याङजाका २ जना, तनहुँका १ जना रहेका छन् ।
पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरा फिभर किल्नीकबाट पहिचान भएका हुन् ।
लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा ३२ जना काेराेना संक्रमित थपिएका छन् ।
थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका २८ जना, गाेरखाका १ जना, स्याङजाका ३ जना रहेका छन् ।
लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा पाेखराका विभिन्न अस्पताल मार्फत काेराेना संक्रमण परिक्षणका लागि नमुना संकलन गरि पठाइएकाे हाे ।
क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेश ४९ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित गाेरखाका ८ जना, कास्की पाेखरा महानगरपालिकाका २३ जना, पर्वतका ८ जना, स्याङजाका ६ जना, तनहुँका ४ जना रहेका छन् ।
क्षयराेग उपचार केन्द्र पाेखराबाट थपिने सबै काेराेना संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।
थपिने संक्रमित सबैलाइ आइसाेलेसनमा लैजाने व्यवस्था भएकाे छ ।