पाेखरा, १२ मङसिर । कास्की पोखरा महानगरपालिका नहरचोकबाट लागूऔषधसहित ३ जना युवक पक्राउ परेका छन् । कास्की जिल्लामा लागूऔषध बेचबिखन तथा कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाडाकोनाकबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजासहित ३ जना युवकलाइ पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा न ३१ नहरचोकबाट किमबेशी बस्ने लोक बहादुर भुजेलको छाेरा वर्ष २६ का जिबन भुजेल, कास्की रूपा गाउँपालिका वडा नं ७ का स्याक्लुङ बस्ने श्री प्रसाद गुरुङको छोरा बर्ष २६ को रुबिन गुरुङ,पोखरा महानगरपालिका ३१ लामागाउँ बस्ने बर्ष १७ को लेखनाथ रहेका छन् ।
उनिहरूकाे साथबाट झाेलामा लुकाएर राखेकाे अवस्थामा लागूऔषध गाँजा १ किलो १ सय ग्राम, मोवाईल २ थान , नगद ३७०० समेत प्रहरीले फेला परेकाे छ । प्रहरीले पक्राउ परेका युवकहरूकाे विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएकाे छ ।