पाेखरा, १२ मङसिर । आफ्नै नावालिग १३ बर्षिय छोरीलाई जबरजस्ति करणी गरेको अभियोगमा कास्कीबाट ३९ वर्षिय बाबु पक्राउ परेका छन् ।
वर्ष ३९ का आफ्नै बाबुले १३ बर्षे नावालिग छोरीलाई बिगत केही बर्ष अगाडीदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका थिए ।
मङसिर ६ गते एउटा हाेटलमा लगी अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा मङसिर ९ गते दाेषी बाबुलाई पक्राउ गरेकाे हाे ।
हाडनाता करणी कसुरमा दाेषीबिरुद्ध कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएकाे छ ।