नेलम्बो नेपालद्धारा स्वास्थ्य सुरक्षाका सामग्रहरु निरन्तर सहयोग – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • नेलम्बो नेपालद्धारा स्वास्थ्य सुरक्षाका सामग्रहरु निरन्तर सहयोग

नेलम्बो नेपालद्धारा स्वास्थ्य सुरक्षाका सामग्रहरु निरन्तर सहयोग

नेलम्बो नेपालद्धारा स्वास्थ्य सुरक्षाका सामग्रहरु निरन्तर सहयोग

पाेखरा, १२ मङसिर । नेलम्बो नेपाल पोखराले पोखारा महानगरपालीका वडा नं. २१ मा रहेको श्री जनचेतन मा.वि. र दुर्गम भेग मुस्ताङ्गमा रहनु भएका सञ्चारकर्मी नेपाल पत्रकार महासंघ मुस्ताङ्गलाई कोभिड १९ बाट सर्तकता अपनाउन स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमका बीच नेलम्बो नेपालले पोखरा महानगर पालिका वडा नं. २१ को निर्मल पोखरी मा रहेको श्री जनचेतन माध्यमिक विद्यालयलाई कोभिड १९ बाट सचेत भई विद्यालयमा सञ्चालन भई रहेको कक्षा १२ को परिक्षा सञ्चालन गर्न तथा विद्यालयमा भई रहेको सिकाई सहजिकरण अध्ययान अध्यापन गर्न गराउनको लागि नेलम्बो नेपालले डिस्पोजिवल माक्स, सेनिटाइजर, केएन ९५ माक्स, थर्मल गन, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, हात धुने साबुन, डिउरा सेल ब्याट्री र कोभिड १ढ सम्बन्धी सचेतना ब्रोसर लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरायण दत्त अधिकारीको सभापतित्वमा भएको थियो । प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. २१ का अध्यक्ष खगराज आचार्य हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग सँगै कोभिड १९ सँग हरेक व्यक्ति सर्तकता हुनु पर्नेमा जोड दिनु भयो । नेलम्बो नेपालले कोभिड १९ सगँ जुध्न महत्व पूर्ण स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको र यी उपलब्ध सामग्रीहरुलाई दुरुपयोग नगरी शिक्षक विद्यार्थीलाई प्रयोग गर्न सझाव दिनुभयो ।

सो कार्यक्रममा स्वागत मन्तव्य उक्त विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले गर्नुभएको थियो । उहाँले नेलम्बो नेपालले एकै पटकको आग्रहमा सहयोगको हात फैलाएको प्रति स्वागत सहित हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा नेलम्बो नेपालका जन सम्पर्क अधिकृत भीम प्रसाद भण्डारीले उपलब्ध गराएका स्वास्थ्य सामग्रीको बारेमा जानकारी सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण दत्त अधिकारी र प्रमुख अतिथि खगराज आचार्यलाई रु १९,८१० रुपैया बरावरको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

उक्त कार्यक्रममा समाजसेवी तथा त्यस विद्यालयका भूपु विद्यार्थी दामोदर पौड्याल, नेलम्बो नेपालका कर्मचारी कृष्ण प्रसाद देवकोटा र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम विद्यालयका शिक्षक यज्ञ प्रसाद पराजुलीले सञ्चालन गर्नु भएको थियो ।

आजै नेलम्बो नेपालले नेपाल पत्रकार महासंघ मुस्ताङ्ग लाई पनि केएन ९५ माक्स, डिस्पोजिवल माक्स, सेनिटाइजर र पत्रकारहरुलाई दैनिक सहज हुने पकेट सेनिटाइजर नेलम्बो नेपालका कार्यक्रम संयोजक डा.किसन कोइरालले मुस्ताङ्गका सामाजसेवी अभिनाश गौचन थकालीलाई हस्तान्तरण गर्नु भएको हो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका