गण्डकी प्रदेशमा १२४ जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ११३१४ पुग्याे – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा १२४ जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ११३१४ पुग्याे

गण्डकी प्रदेशमा १२४ जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ११३१४ पुग्याे

गण्डकी प्रदेशमा १२४ जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ११३१४ पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ११३१४ पुगेकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशका ३ जिल्लाका १२ जना काेराेना संक्रमित थपिएका छन् ।

कास्की पाेखरा महानगरपालिकाका ९ जना, लमजुङका १ जना , स्याङजाका २ जना गरी १२ जना रहेका छन् । सबै संक्रमित  पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर किल्नीकबाट पहिचान भएका हुन् ।

क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा ९१ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित गाेरखाका १७ जना, कास्की पाेखरा महानगरपालिकाका ५५ जना, लमजुङका १ जना, नवलपरासी पूर्वका ५ जना, स्याङजाका २ जना, तनहुँका ११ जना रहेका छन् । सबै संक्रमित कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

लाइफ केयर डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा २१ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका १८ जना,  लमजुङका १ जना, स्याङजाका २ जना रहेका छन् ।

सबै संक्रमित  लाइफ केयर डायग्नाेस्टिक प्रा लि पाेखरामा पाेखराका विभिन्न अस्पताल मार्फत काेराेनाकाे संक्रमण परिक्षणका लागि नमुना संकलन गरी पठाइएकाे हाे ।

गण्डकी प्रदेशमा विभिन्न अस्पताल मार्फत थपिएका काेराेना संक्रमित लाइ आइसाेलेसनमा लैजाने तयारी भएकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका