नेपालमा हालसम्म कोरोनाबाट पाँचजना वरिष्ठ चिकित्सकले गुमाए ज्यान – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • नेपालमा हालसम्म कोरोनाबाट पाँचजना वरिष्ठ चिकित्सकले गुमाए ज्यान

नेपालमा हालसम्म कोरोनाबाट पाँचजना वरिष्ठ चिकित्सकले गुमाए ज्यान

नेपालमा हालसम्म कोरोनाबाट पाँचजना वरिष्ठ चिकित्सकले गुमाए ज्यान

काठमाडौँ, ९ मङसिर । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाइसकेका छन्। पछिल्लोपटक गत शनिबार काठमाडौंको ओम अस्पतालका वरिष्ठ जनरल ७८ वर्षीय र्सजन डा धुर्व मुडभरीको निधन भएको थियो।

उपचारका क्रममा शनिबार साँझ निधन भएको मुडवरी ओम अस्पतालका पूर्व संस्थापक भएको डा भोला रिजालले जानकारी दिनुभएकाे हाे । अस्पतालका अनुसार मुडभरीमा ९ दिनअघि कोरोना पुष्टि भएसँगै ओम अस्पतालमै उपचाररत हुनुहुन्थ्याे।

उपचारको पाँचौं दिन खोपको मात्रा पुरा भएपछि डिस्चार्ज भएर घर गएकै भोलिपल्ट बेहोस भएपछि फेरि उहाँलाई ओम अस्पतालमै लगेर उपचार गरिएको थियो। दोस्रोपटक भर्ना गरेको तीन दिनमै उहाँको मृत्यु भएको हो।

ओम अस्पतालको स्थापनाकालदेखि नै सेवारत डा मुडभरीको निधनले चिकित्सा सेवामा क्षति पुगेको र आफूलाई दुखी तुल्याएको डा रिजालले बताउनुभएकाे छ । स्वर्गीय मुडभरीले ओम अस्पतालमा ३१ वर्ष सेवा गर्नुभएकाे थियाे।

कोरोना संक्रमणको कारण चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा सुनिलचन्द्र झाको पनि एक साताअघि मृत्यु भएको थियो।

त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। उनको कोरोनाको कारण बहुअंग बिगे्रर भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको थियो।

त्यसैगरी इशान अस्पतालका डा तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा नारायणबहादुर थापाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियाे । उहाँको गत कात्तिकको अन्तिम साता मृत्यु भएको थियो।

असोज १५ गते कोरोना संक्रमणको कारण सुर्खेत अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा हरिप्रसाद सापकोटाको मृत्यु भएको थियो। गत कात्तिक १६ गते वरिष्ट चिकित्सक डा निलम अधिकारीको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डा अधिकारीसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेमा हालसम्म ५ जना चिकित्सकको मृत्यु भएको तथ्यांक प्राप्त भएको मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभएकाे छ।

पाँचजना चिकित्सकसहित हालसम्म १२ जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको अधिकारीले जानकारी दिनुभयाे।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका