क्रसर उद्योगहरुको लापरवाही ,मुस्ताङ र डोल्पा जोड्ने पुल अलपत्र ,बलात्कारीलाई कारवाहीको माग गर्दै आगजनी – Samacharpati
Samacharpati
आइतवार, माघ ४, २०७७
  • होमपेज
  • क्रसर उद्योगहरुको लापरवाही ,मुस्ताङ र डोल्पा जोड्ने पुल अलपत्र ,बलात्कारीलाई कारवाहीको माग गर्दै आगजनी

क्रसर उद्योगहरुको लापरवाही ,मुस्ताङ र डोल्पा जोड्ने पुल अलपत्र ,बलात्कारीलाई कारवाहीको माग गर्दै आगजनी

क्रसर उद्योगहरुको लापरवाही ,मुस्ताङ र डोल्पा जोड्ने पुल अलपत्र ,बलात्कारीलाई कारवाहीको माग गर्दै आगजनी

९,मंसिर ।
कोरोनाभाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा पनि कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा शुरु भएको छ । जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै परीक्षा सञ्चालन गरिएको हो ।कक्षा १२ को परीक्षा गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने थियो । तर महामारीका कारण स्थगित भएको परीक्षा अहिले सञ्चालन गरिएको हो । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

कास्की जिल्लामा सञ्चालित क्रसर उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्लास्तरीय अनुगमन समिति तथा जिल्ला प्रशासनले केही क्रसर उद्योगमा संयुक्तरूपमा गरेको अनुगमनमा कुनै पनि उद्योगबाट पूर्णरूपमा मापदण्ड पालना नभएको देखिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो ।गृह मन्त्रालयले गत कात्तिक २५ गते नदीजन्य सामग्रीको दोहन बढेको भन्दै अवैध तथा मापदण्ड नपुगेका क्रसर उद्योग तत्काल बन्द गराउन स्थानीय प्रशासनलाई परिपत्र गरेपछि प्रशासनसहित जिल्लास्तरीय अनुगमन समितिले अनुगमन शुरु गरेको हो । अनुगमनका क्रममा दर्ताको उद्देश्यभन्दा फरक काम गरेको, सरकारी राजश्व नतिरेको, फर्म नवीकरण नभएको तथा नदी किनारबाट ५०० मिटर टाढा उद्योग सञ्चालन हुनुपर्नेमा सोको पालना नभएको पुष्टि भएको थियो ।कास्की र तनहुँको सीमा कोत्रेमा स्ट्रोङ्ग एग्रिगेट एण्ड ब्लक उद्योगले दर्ताको प्रयोजनभन्दा भिन्दै क्रसरको काम गरेको फेला परेको बताइन्छ । यसैगरी पोखरा–२९ मुसेटुडामा रहेको कार्यसिद्धि विनायक निर्माण सामग्री उद्योग र वडा नं १४ को कनटेक प्रालिले नदीको मापदण्ड पालना नगरेको स्थलगत अनुगमनमा देखिएको थियो । कतिपय प्रारम्भिक वातावरणीय परीक्षणसमेत नगरेको पाइएको छ ।

मुस्ताङ र डोल्पा जोड्ने काली गण्डकीको पाक्लिङ—एक्लेभट्टी मोटरेबल पुल निर्माण कार्य अलपत्र परेको छ ।२०७३ सालदेखि निर्माण आरम्भ भएको पुलको साढे ४ वर्षको अवधिमा एक तिहाइमात्र काम भएको छ ।संघीय संरचनामा जानुभन्दा अगाडि २०७३ सालको भदौमा साविक जिल्ला विकास समित मुस्ताङले इलाइट शंकरमाली जेभी काठमाडौंसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।त्यसो त २०७२ सालमा सो पुलको योजना परेपनि गोरखा भूकम्पका कारण पुलको ठेक्का सम्झौता १० महिनापछि धकेलिएको थियो ।सम्झौता अवधि १५ महिना रहेको १ सय २० मिटर लामो पक्की पुलको लागत ११ करोड ७५ लाख ७६ हजार रुपैयाँ छ ।सो पुल संघीय आयोजनाको रुपमा रहेको थियो । संघीयता कार्यान्वयनसँगै साविक जिल्ला विकास समितिबाट गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङलाई हस्तान्तरण भएको छ ।कार्यालय प्रमुख विष्णु पौडेलले पुलको साढे ४ वर्षमा ३२ प्रतिशतमात्र भौतिक प्रगति भएको उल्लेख गर्नुभयो ।पुल निर्माणका लागि कार्यालयलाई बजेट अख्तियारी आइसकेको भएता पनि निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण पुलको काम अगाडि बढ्न नसकेको कार्यालय प्रमुख पौडेलको भनाइ छ ।कालिगण्डकी नदीमा निर्माणाधीन पुलको चौडाई ७ दशमलव २ मिटर रहेको छ ।
पुलको २ वटा पायर पिल्लर र २ वटा एबुमेन्ट साइड पिल्लर मध्ये २ वटा एबुमेन्ट र एक पायरको काम अन्तिम चरणमा पु¥याए पनि बिचको एक पायरको सुपर स्टक्चर लगायतको अन्य कामहरु निर्माण कम्पनीले त्यसै अलपत्र छाडेको छ ।पूर्वाधार विकास कार्यालयका अनुसार निर्माण कम्पनीलाई धेरै पटक काम गर्न पत्रचार र फोन गरी ताकेता गरेपनि निर्माण कम्पनी फिल्डमा काम गर्न आएको छैन् ।पटक पटक म्याद थप भएको सो पुलको अन्तिम म्याद आउने माघमा सकिँदै छ ।पूर्वाधार कार्यालयले तोकिएको अन्तिम समयसम्ममा पनि काम गर्ने अवस्था नरहेमा यसअघिका सम्झौता शर्त बमोजिम कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ ।नदीमा निर्माणाधिन एक्लेभट्टी—पाक्लिङ पुलको काम निर्माण कम्पनीको अनेकन ढिलासुस्ती र बहानबाजीगरी साढे ४ वर्षसम्म त्यसै अल्झाएर राखेको स्थानीयको भनाइ छ ।पुलको काम अलपत्र हुनुमा नेपाल सरकार पक्षको साविक जिविस, स्थानीय प्रशासन र पूर्वाधार विकास कार्यालयको निरीहपनले पुलको कामले गति लिन नसकेको स्थानीयको आरोप छ ।छिमेकी २ जिल्ला जोड्ने महत्वपूर्ण पुल भएको र त्यसका लागि विगतमा पटक पटक डेलिगेसन जाँदासमेत पुल निमार्णका लागि निर्माण कम्पनी र सरोकारवाला निकाय गम्भीर नभएको स्थानीय बताउँछन् ।पुल छिटोभन्दा छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई काममा लगाउनु पर्ने वा त्यसो नभएमा कम्पनीसँगको ठेक्का सम्झौतानै रद्द गर्नुपर्ने स्थानीयको माग छ ।(समाधान)

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै ‘१९ बुँदे प्रस्ताव’ पेस गरेपछि बढेको फुटको जोखिम अझै टरेको छैन ।प्रधानमन्त्री ओलीले मंसिर ३ को सचिवालय बैठकमा दाहालका आरोपको मौखिक खण्डन गर्दै आउँदो सचिवालय बैठकमा लिखित जवाफ पेस गर्ने घोषणा गरेका छन् । त्यसैले मंसिर १३ को सचिवालय बैठकमा ओली कसरी प्रस्तुत हुन्छन् भन्नेमा नेकपाका नेता र कार्यकर्ताको ध्यान मोडिएको छ । त्यही बिन्दु नेकपा सग्लो रहने कि विभाजनतर्फ जाने भन्नेमा निर्णायक हुने देखिएको छ ।पार्टीभित्रको झगडालाई नजिकबाट नियालिरहेका नेताहरूका अनुसार विगतमा भन्दा यसपटक आन्तरिक विवादको प्रकृति फरक छ । त्यसैले यसपटक विगतमा जस्तो नेताहरू मिलिहाल्छन्, दुई–चारवटा पदीय भागबन्डामा कुरा मिलेपछि अँगालो मारेर हिँडिहाल्छन् भन्ने स्थिति छैन । यसअघिका अन्तरसंघर्षमा ओली–दाहालबीच मौखिक आरोप–प्रत्यारोप हुँदै आएको थियो तर यसपटक लिखित दस्ताबेजका रूपमा आरोप आएको छ । त्यसको प्रत्यारोप गर्न ओलीले लिखित दस्ताबेज तयार गर्दै छन् ।नेताहरूले अहिले जस्ता खालका गतिविधि गरिरहेका छन्, यी विगतमा कम्युनिस्ट पार्टी फुट्दाका क्रममा देखिने दृश्यसँग मेल खाइरहेका छन् । दुवै पक्ष कुनै हालतमा पछाडि नहट्ने भन्दै ‘पोजिसन’ बनाएर बसेका छन् । ओली र दाहालबीच मंसिर ३ को सचिवालय बैठकपछि औपचारिक संवाद टुटेको छ । दुवै आ–आफ्नो निवासमा नेताहरू बोलाएर पोजिसन स्पष्ट गरिरहेका छन् ।(कान्तिपुर )

महोत्तरीको बर्दिबास १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेको आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंका अनुसार आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो। आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन्। बलात्कारपछि हत्या गरिएको आशंका भएकोले निस्पक्ष छानविन गर्न बालिकाका बुवाले माग गरेका छन्। स्थानीयले आरोपीको घरमा पनि तोडफोड गरेका छन्।बलात्कार आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन्।भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।(अन्नपुर्ण )

प्रतिबन्धित नेकपा माओवादी ((विप्लव ) समूहको नाममा चन्दा आतंक बढ्न थालेको छ । कोरोनाका कारण केही कम भएको मानिएको चन्दा आतंक आर्थिक गतिविधि सुरु भएसँगै बढ्न थालेको हो । विप्लव समूहसहित सो समूहको नाममा चन्दा माग्ने क्रम बढेको र त्यस्ता उजुरी स्थानीय प्रसासनमा आउन थालेको गृह मन्त्रालयले जनाएको हो ।(राजधानी)

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका