काठमाडौं, ८ मंसिर । विगत ३६ दिन देखि काठमाडौंको वीर अस्पतालमा कार्यरत स्वाथ्यकर्मीहरुको आन्दोलन जारी छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) को यो संकटमा आफुलाई दिनरात काम लगाएर कोभिड जोखिम भत्ता नदिएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मीहरु विगत ३६ दिन देखि आन्दोलन गरिरहेका छन् ।
अस्पतालको व्यवस्थापनसँग पटक पटक वार्ता भएपनि ठोस निणर्य नभएको र आफुहरुलाई कोभिड भत्ता, औषधि सेवा लगायतका सुविधा नदिएको भन्दै उनीहरुले आन्दोलनलाई निरन्तरता दिएको बुझिएको छ ।
अब पनि आफ्नो माग पुरा नभए आन्दोलन यो भन्दा पनि कडा गर्ने चेतावनी सम्म दिएका छन् ।