गण्डकी प्रदेशमा ८३ जना काेराेना संक्रमित थपिएसँगै संक्रमित संख्या १११९० पुग्याे – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा ८३ जना काेराेना संक्रमित थपिएसँगै संक्रमित संख्या १११९० पुग्याे

गण्डकी प्रदेशमा ८३ जना काेराेना संक्रमित थपिएसँगै संक्रमित संख्या १११९० पुग्याे

गण्डकी प्रदेशमा ८३ जना काेराेना संक्रमित थपिएसँगै संक्रमित संख्या १११९० पुग्याे

पाेखरा, ८ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १११९० पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा ६९ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने संक्रमित गाेरखाका २१ जना, स्याङजाका ५ जना, तनहुँका ८ जना, कास्कीका ७ जना, लमजुङका २ जना, बाग्लुङका २ जना, म्याग्दीका ५ जना, नवलपरासी पूर्वका १५ जना, पर्वतका ४ जना गरी ६९ जना रहेका छन् ।

क्षयराेग उपचार केन्द्र पाेखराबाट थपिएका संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १४ जना काेराेना संक्रमित थपिएका छन् । थपिने  काेराेना संक्रमित  कास्की पाेखरा महानगरपालिकाका १२ जना , तनहुँका २ जना रहेका छन् ।

थपिने सबै संक्रमित पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर किल्नीकबाट पहिचान भएका हुन् । थपिएका संक्रमित   सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका