हुम्लाको नेप्का गाउँका अझै पनि ढिके नुनको प्रयोग – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • हुम्लाको नेप्का गाउँका अझै पनि ढिके नुनको प्रयोग

हुम्लाको नेप्का गाउँका अझै पनि ढिके नुनको प्रयोग

हुम्लाको नेप्का गाउँका अझै पनि ढिके नुनको प्रयोग

कर्णबहादुर रोकाया, हुम्ला, ८ मङसिर । हुम्लाको दक्षिण पश्चिमी भागमा पर्ने चंखेली गाउपालिकाको वडा नं ५ मा बस्ने नेप्का गाउँका बासिन्दा वर्षौदेखि ढिके नुनको प्रयोग गर्न बाध्य भएका छन् । यसबाट विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिदैं आएको छ ।

प्राकृतिक निधि र विधिले सम्पन्न तर आधुनिक विकास र विस्तारका कामले विपन्न यो गाउँमा शदियौंदेखि ढिके नुनको प्रयोग गर्न बाध्य भएको स्थानीय युवा पाल्जोर तामाङ्गले बताउनुभयाे ।

केही दशक अघिसम्म नुनको ब्यापारले स्थानीय अर्थतन्त्रलाई धानेको भए पनि पछिल्लो समय स्थानीयबासीहरू आफुलाई र आफ्ना पशुवस्तुहरूका लागि मात्र प्रयोग गर्नका लागि ढिके नुनको प्रयोग गर्ने गरेका छन् ।

चंंखेली गाउँपालिकाको वडा नं ५ मा पर्ने नेप्का गाउँ हुम्ला जिल्लाको एक ऐतिहासिक तथा जनजातिको बसोबास भएको गाउँ हो । यहाँ हाल विभिन्न जातजातिका ५७ परिवारको बसोबास रहेको छ ।

केही दशकदेखि महिला शिक्षाका लागि उर्बर मानिन थालेको यो गाउँले प्राकृतिक, सांस्कृतिक तथा विकासका गतिविधिहरूसँग समायोजन गर्न सकेको खण्डमा एक नमुना गाउँ बन्न सक्ने चेंखली गापाका अध्यक्ष धनलाल चौलागाईको मत रहेको छ ।

हुम्लामा ढुवानी अनुदानमा प्राप्त हुूँदै आएको आयोडिनयुक्त नुन जिल्लाका सबै गाउँहरूमा सहज रुपमा उपलब्ध गराउनु आवश्यक रहेको देखिन्छ । जसले नुन र आयोडिनबाट हुने विभिन्न प्रकारका विकारहरूको रोकथामका लागि सहयोग गर्ने देखिन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका